बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भारतीय दूतावास अगाडि नेकपा निकट विद्यार्थीले गरे विरोध प्रदर्शन

भारतीय दूतावास अगाडि नेकपा निकट विद्यार्थीले गरे विरोध प्रदर्शन

  • शुक्रबार, २२ कार्तिक २०७६

काठमाडौँ २२, कार्तिक । विद्यार्थीहरुले काठमाडौं स्थित भारतीय दूतावास अगाडि भारतले नेपाली भूभाग मिचेको विरोधमा प्रदर्शन गरेका छन् । आज लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले बिहान विरोध प्रदर्शन गरेको हो ।

विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाएका थिए भने लिपुलेक हाम्रो हो भन्दै नारा लगाएका थिए । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend