काठमाडौं २२, कात्तिक । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा विवादित नेपाली भूभाग कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि अहिले नेपालमा यसको चौतर्फी विरोध भैरहेको छ ।
विभिन्न राजनितिक दलका भातृसंगठन लगाएत स्वतन्त्र रुपमा यसको विरोधमा दिनप्रतिदिन आन्दोलन चर्कदै गइरहेको छ । यसैबिच कञ्चनपुरका विभिन्न ठाउँमा पनि यसको विरोध प्रर्दशन भएको छ ।
प्रदर्शनका क्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् । नेपाल भारत सीमास्तम्भ ७९३र१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा पुगेर मोदीको पुत्ला दहन गरेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend