सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारत बिरुद्ध गर्जिए पूर्वप्रधानमन्त्री खनालः नेपालको सिमाना चलाउने अधिकार कसैलाई छैन ?

भारत बिरुद्ध गर्जिए पूर्वप्रधानमन्त्री खनालः नेपालको सिमाना चलाउने अधिकार कसैलाई छैन ?

v'nf dGrdf cfof]hLt Pdfn]sf] k|yd /fli6«o k|ltgLwL kl/ifb j}7s;df/]fxnfO ;Djf]wg ub}{ cWoIf emngfy vgfn . tl:j/ k|lbk/fh jGt /f;;

काठमाडौं २१ ,कात्तिक । भारतले आफनो राजनीतिक नक्सा सार्वजनिक गरेको बिषय यति खेर चर्चामा छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसंग वार्ता गर्न माग गरेका छन् । खनालले बिहीबार विज्ञप्ति जारी गर्दै भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भूभाग अतिक्रमित भएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ‘नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको बताए ।

उनले त्यो सीमानालाई चलाउने अधिकार कसैलाई नभएको भन्दै चेतावनी दिए । नेपालको सीमाना महाकाली नदीले निर्धारण गरेको र त्यो भनेको लिम्पियाधुराबाट निस्किएको काली नदी भएको भन्दै खनालले त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भूभाग नेपालको भएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend