सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विधान विपरीत कार्य गरेमा कारबाही भोग्न तयार हुनु पर्छः अध्यक्ष ठुलोबाबु श्रेष्ठ

विधान विपरीत कार्य गरेमा कारबाही भोग्न तयार हुनु पर्छः अध्यक्ष ठुलोबाबु श्रेष्ठ

 

६ पुस,काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठले कुनै पनि पार्टी वा संस्थाको संगठन सुदृढ हुन सदस्यहरूले विधानको गहिरो अध्ययन र पूर्ण पालना गर्नुपर्ने बताएका छन्।

श्रेष्ठका अनुसार संगठनमा आबद्ध प्रत्येक सदस्यले विधानको अधीनमा रहने प्रतिबद्धता जनाउनुपर्छ। त्यति मात्र होइन, विधान विपरीत कार्य गरेमा कारबाही भोग्न समेत तयार हुनुपर्ने उनको भनाइ छ।

उनले विधान नै संगठनको मार्गदर्शक दस्तावेज भएको उल्लेख गर्दै नियम र अनुशासनको पालना बिना संस्था बलियो बन्न नसक्ने स्पष्ट पारे। ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्रेष्ठको यो धारणा संगठनात्मक अनुशासन र जवाफदेहितालाई केन्द्रमा राखेर आएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend