काठमाडौं २०, कात्तिक । भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको बिषय यति खेर चर्चामा छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् ।
साथै उनीहरुले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् । यस्तै भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा समेटिएकोमा र अमेरिकाले नेपालमा आतंककारीको अखडा रहेको विज्ञप्तिप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता ठाकुर गैरेले यसप्रति कडा आपत्ति जनाएका छन् । गैरेले यस विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न पनि माग गरेका छन् ।
राष्ट्रिय स्वाधिनताको अभियान चलाउँदै आएका युवा नेता गैरेले राष्ट्रियता सम्बन्धी मुद्दा र एनसेल लगायतका भ्रष्टाचारविरुद्ध अभियान पनि सञ्चालन गर्दै आएका छन् ।उनले भनेका छन–‘कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो, अतिक्रमण मन्जुर छैन ।
भारत ले उक्त भूभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छन् । वास्तविकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नुपर्दछ, साथै कूटनीतिक माध्यमबाट आफ्नो भूगोल रक्षा गर्न तत्काल पहल गर्नुपर्दछ ।’
त्यसैगरी अमेरिकाले नेपालमा आतंककारी गतिविधि बढिरहेको भन्दै प्रकाशित गरेको विज्ञप्ति प्रतिपनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
यससम्बन्धमा गैरेले भनेका छन–‘यतिबेला अमेरिकाले नेपाल आतंककारी अखाडा बन्दै गरेको भनेर बक्तव्य जारी गर्नुको उद्देश्य के हो ? कुटनैतिक तहमा र उच्च नेतृत्व तहमा उक्त विषय प्रवेश भएको छ वा छैन ?
अमेरिकी प्रतिवेदनलाई गम्भीरतापुर्वक लिई सरकारले वास्तविकता पहिचान गरि देश र जनता सुरक्षा गर्न आवश्यक रणनीति बनाउन जरुरी छ । यथार्थ के हो नेपाली जनतालाई सरकारले स्पष्ट पार्नुपर्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend