५ पुष, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दरबारमार्गस्थित नेपाल प्रहरीको प्रहरी बृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले प्रहरी बृत्तका डीएसपी नारायण डाँगीलाई करिब ३ लाख रुपैयाँ मूल्य बराबरका ब्यारिकेड हस्तान्तरण गरेका हुन्।
गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति सहयोगस्वरूप ब्यारिकेड प्रदान गरिएको अध्यक्ष केसीले बताए। प्रहरी बृत्त प्रमुख डीएसपी डाँगीले शान्ति सुव्यवस्था कायम गर्न एनआरएनएको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend