३ पुस, काठमाडौँ । नेकपा एमालेको महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने प्रक्रिया जारी रहेको छ। प्राविधिक राम रिमालका अनुसार हालसम्म १७ वटा मेसिनबाट चिप निकालिसकिएको छ।
उनले अबको १०–१५ मिनेटभित्र सबै मेसिनबाट चिप निकाल्ने काम सम्पन्न हुने जानकारी दिए। चिप निकाल्ने प्रक्रिया सकिएपछि निर्वाचन समितिको बैठक बस्ने र त्यसपछि औपचारिक रूपमा मतगणना सुरु गरिने बताइएको छ। मतगणनाको नतिजाप्रति महाधिवेशन प्रतिनिधि तथा पार्टी पंक्तिको चासो बढ्दै गएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend