काठमाडौं २०, कात्तिक । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले वैदेशिक रोजगार व्यवसायीले राज्यलाई गरेको योगदानलाई सरकाले बुझन नसकेको बताएका छन् ।
माउन्टेन टेलिभिजनमा प्रसारण हुने उधम र रोजगार कार्यक्रममा बिशेष अन्तरर्वार्तामा सचिव भुर्तेलले सरकारले बिभिन्न औपचारिक कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गर्दै आएको बताए पनि व्यवहारमा व्यवसायीलाई दोस्रो दर्जाको रुपमा हेर्ने गरेको भन्दै गुनासो गरे ।
सरकारले वैदेशिक रोजगार सम्बन्धी नियम कानुन बनाउँदा एन जिओ आई एन जिओको सल्लाह लिने तर वैदेशिक रोजगार व्यवसायीलाई बाहिर राखेर निती नियम बनाउने गरेकोमा पनि गुनासो गरे ।
सचिव भुर्तेलले बर्षमा सय जना कामदार पठाउन नसक्ने मेनपावर खारेज गर्ने कुरा व्यवहारिक नभएको समेत बताए । बर्तमान वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व सरकार संग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend