सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेशनल लघुवित्तको लाभांश घोषणा

नेशनल लघुवित्तको लाभांश घोषणा

 

२ पुष, काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।   सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार ५२६.२४ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १९ करोड ९७ लाख ४१ हजार २७८.९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको  हो ।

जसमा १४.२५ प्रतिशतले हुन आउने १८ करोड ९७ लाख ५४ हजार २१४.९९ रुपैयाँबराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने ९९ लाख ८७ हजार ६३.९५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend