डा लछी सिंह,
१ लेखको पृष्ठभूमिः
मेरो डाईरीको पन्नाबाट लिएको लेखमा, आज मेरो घरको सानो बर्गैचामा भएका फलफूलहरु मध्ये लहरे आँपको बारेमा संक्षिप्त परिचय दिन चाहन्छु । म समाजशास्त्र विज्ञ भएकोले समाजमा भएका गतिविधिहरु सम्बन्धि समान्य प्रकाश पार्न चाहन्छु । त्यसै सिलसिलमा देशको सकारात्मक परिर्वतनका लागि नयाँ सोच, नयाँ बिचार, नयाँ परिर्वतन र नयाँ विकासका साथै नेपाल समृद्धि बनाउनमा सबै लाग्नु अत्यावश्यकछ भन्न चाहन्छु। सो सम्बन्धि समुदायमा चेतनाको अभिवृद्धि गराउन हाम्रो हत्वपूर्ण जिम्मेवारी हो । मेरो डायरीको पानाबाट धेरै जसो लेखरचनाहरु तथा अनुसन्धानका प्रतिवेदनहरु प्रकाशन हुँदै आएकोमा त्यसबाट स्थानीय समाजमा केही चेतनाको अभिवृद्धि भएकोछ भने महसुस भएकोछ । यी मेरा कोशेलीहरुले स्थानीय समाजमा केही सकारात्मक परिवर्तन ल्याएकोछ भने आशा लिएको छु । अब म आजको मुख्य बिषयमा प्रवेश गर्न चाहन्छु । त्यो बिषय हो लहरे आँप, यो फल नेपालको लागि नयाँ फलको रुपमा चिनियको हो । यस फलको माग नेपाली बजारमा धेरैनी बढीछ । यस बिषय प्रति मेरो सानो अनुभव सबै समक्ष आदानप्रदान गर्न चाहन्छु । मेरा छरछिमेकीहरुले बैगामा भएका लहरे आँपका लहरा क्रमबद्ध काटदै माँस्दै जानेक्रममा म पनि साँच्चिकै यो फल नचाहिने होकी भनी भ्रमित भएको थिएँ । तर एक पटक आफनै मंनमा सोचे साँचिकै यो फलको लहरा चाहिदैन् तरु के यस सम्बन्धी अनुसन्धान गर्नुपर्छ कि भनि मंनमा सोचेको थिए तर त्यसले राम्रो परिणाम लियो र म अनुसन्धानको प्रकृर्यामा अगाडी बढे । त्यसपछि मात्र यो लहरालाई माँस्नु पर्ने भए माँसुला भनि सोचेको थिएँ । साथै मैले आफनो सम्पूर्ण परिवारका सदस्यहरुलाई यो लहरा नकाटनु र नमाँस्नु होला भनी सुचित गराएको थिएँ । त्यसपछि लहरा के होरु र यसको फलले के फाईदा गर्दछ भनी अनुसन्धानको काम अगाडी बढे । अनुसन्धान गर्दागर्दै बिचमा त महत्वपूर्ण फलको रुपमा चिनिने भयो, यो लहरे आँप । मेरो बगैंचामा भएको लहरालाई राम्रो जलमल गरी हुर्काउदै जादाँ एकदिन त्यस लहराबाट राम्रो फलको उत्पादन भयो । त्यसको नाम रहेछ लहरामा फल्ने “लहरे आँप” । त्यो फलको टेस्ट गर्दा अति मिठो स्वादीलो भएको महसुस गर्यौं । आखरिमा त्यो फल त अति फाईदाजनक भएको जानकारी अनुसन्धान पश्चात थाँहा भयो । अहिले त्यसको अर्थ तथा विभिन्न फाईदाहरु सम्बन्धि बुझदाँ सबैले भन्छन् हजुरले त यो फल बचाएर राम्रो गर्नु भयो डा।साहब । हामीले त व्यर्थमा सम्पूर्ण फलको विरुवा माँसी दियौं । अब के गर्ने ? भनु भएको थियो । यस फलको बारेमा बुझदाँ नेपाली बजारमा निकै माग रहेछ । त्यसैले कुनै पनि चिज नष्ट गर्नभन्दा पहिले त्यसको बारेमा राम्रो जानकारी लिनु अत्याआवश्यक हुन्छ भन्ने सुझाव दिन चाहन्छु सबैलाई ।
२ लहरे आँपको संक्षिप्त परिचयः
अब म लहरे आँपको संक्षिप्त परिचय दिन चाहन्छु । लहरे आँपलाई विदेशमा प्यासन फ्रुट (Passion Fruit) को रुपमा चिनिन्छ भने एसियाका धेरै देशहरु मध्ये नेपालमा लहरामा फल्ने फल भएकोले यसको नाम लहरे आँप रहेको हो । भारतमा यस फललाई श्रीकृष्ण भगवानले मंन पराएकोले यस फललाई कृष्ण फलको रुपमा चिनिने गरेकोछ । अन्य एसियाका धेरै जसो देशहरुमा यसै प्रकारले विभिन्न नामले चिनिने यो फल स्वास्थयका लागि अति राम्रो मानिएको छ । यो फलको जन्म पहिलो पटक ब्राजिल तथा दक्षिण अमेरिकामा भएको हो । साधारणतया यो फल अमेरिका, अष्ट्रेलिया, एसिया र अफ्रिका देशहरुमा पाईन्छ । विश्वका धेरै देशहरुमा यस फलको खेती गर्दै आइरहेकोले यसको महत्व बढेकोछ । यो फल २०औं शताब्दीमा दक्षिणी भारतको कर्नाटका, निलगिरीस, कुर्ग र मालाबार भन्ने स्थानहरुमा पहिलो पटक खेतीको रुपमा गर्दै आएको इतिहास छ । यस फलको स्थानान्तरण ब्राजिलबाट श्रीलंका, इन्डोनेशिया र भारत हुँदै अहिले यो फल नेपालमा आइपुगेको छ । नेपाल देशकालागि यो फल नयाँ भएकोले यस फल सम्बन्धि व्यक्ति, घरपरिवार तथा समाजमा राम्रो जानकारी छैन् । यो फल व्यवसायिक दृष्टिकोणले बढी फाईदाजनक छ । हाल नुवाकोट, रामेछाप र काठकाण्डौ उपत्यकका केही बैगचामा केही किसानहरुले र शहरी घरको कौशी तथा बैगचामा सानो तिनो खेतीको रुपमा गर्दै आउनु भएकोछ । तर व्यवसायिक रुपमा अघि बढन नसकेकोले यस फल सम्बन्धि महत्वपूर्ण जानकारी पाउन अत्यावाश्यक दिखन्छ । मेरो सल्लाह अनुसार शहरमा बनेका सबै घरहरुमा कौशी खेतीको विकास गरी सम्पूर्ण शहरलाई हरियालीमा परिर्वतन गरी अगाडी बढेमा नेपाली सरकार तथा जनताको ठुलो भलो हुनेछ ।
लहरे आँपको प्रकारः
नेपाली समाजमा यस फल सम्बन्धी चेतनाको अभिवृद्धि गर्न अत्यावश्यक छ । अँग्रेजीमा यसलाई प्यासन फ्रुट भनेर चिनिने भएकोले यसको परिचय जतातत्तै भएकोछ । लहरामा फल्ने फल भएकोले यस फललाई लहरे आँप भन्ने चलन पनि छ । यसको नाम आँप भएपनि यो फल आँप भन्दा फरक स्वादकोछ । धेरै मानिसले यस फललाई एकपटक चाखि सकेपछि धेरै मंन पराउने र फेरी फेरी खाने ईच्छा लाग्ने हुन्छ भनेका छन् । लहरे आँप अर्थात प्यासन फ्रुट नेपालीकोलागि अहिले पनि नयाँ नै फल हो तर अति आवश्यक देखिन्छ । यो फल अमिलो जातको भएकोले यो फलमा गुलियोको मात्रा कम हुन्छ र मिठो मानी खाने नेपाली जिब्रोको स्वादलाई त्यति स्वादिलो नलाग्न सक्दछ । तर यो फल स्वास्थ्यको लागि धेरैनी फाइदाजनक छ । तर विदेशी बजारमा अग्र्यानिक फलको रुपमा चिनिने यो फल औषधिको रुपमा स्थानीयमा प्रयोग गरेको कुरा सुनिन्छ । त्यसले होला बिदेशी बजारमा यसको माग राम्रो रहेको पाईन्छ ।
लहरे आँप पहेलो, गोल्डन र बैजनी रंङ्गको हुने भएकोले तीन रंङ्गमा बजारमा पाईुन्छ । यस फलको माग नेपाली बजारमा पनि दिन(प्रति(दिन बढदै गइरहेको छ । त्यसकारण हाम्रा देशका सबै घरपरिवार तथा समाजलाई यस फल सम्बन्धी राम्रो ज्ञान दिएमा फलको उत्पदान बढाउन मद्दत मिल्ने छ । नेपाली समाजमा मंनचाही आम्दानी आयआर्जन गर्न पनि सकिन्छ । यस फलको उत्पादनले प्रत्येक घरपरिवार तथा समाजमा समृद्धि ल्याउने काम गर्दछ । नेपाल देशमा मौलाएको बेरोजगारी कम गर्दै लैजाने छ । यो मेरो सुझाव नेपाल सरकारलाई पनि छ । एककिृत लहरे आँपको कृषि र्फाम दर्ता गगराई व्यवसायिक र्फामको रुपमा शुरुवात गरेमा राम्रो आम्दानी आर्जन गर्न सकिने छ । रहर लाग्दो खेतीलाई समयमा नै उत्पादनमा परिणत गराउदा अतिनै राम्रो हुनेछ सम्भावना देखिन्छ । यस फलको परिचय यहीसम्म दिन चाहन्छु ।
३ लहरे आँपको बैज्ञानी प्रविधिः
यसको फाईदा आँप भन्दा बढी लिन सकिने भएकोले वैज्ञानिक रुपमा यसलाई बढी प्रयोगमा ल्याउन सकिने छ । हाल यसको विक्रि प्रति किलो ७ सयदेखि १२ सयसम्म पुगेको नेपाली बजारमा इतिहास भेटिन्छ । त्यसैले नेपालका नाङ्गा डाँडा काडाँहरुमा यस फलको एकिकृत खेती गरेमा आर्थिक फाईदा बढी लिन सक्निछ । तर नेपाल सरकारले चाहेमा यो फलको खेतीको प्रबन्र्धन तथा विकास आधुनिक खेतीको रुपमा गर्न सक्ने बढी सम्भावना छ । विदेश बजारमा पनि बढी माग भउकाले निर्यात गर्न सकिन्छ । साथै नेपालको बेरोजगारी समस्यालाई अन्त्य गर्न सकिन्छ । यस फलले आर्थिक स्थिति बलियो बनाउनका साथै प्रत्येक परिवारको आयआर्जन बढाउन सकिन्छ । बैज्ञानिक हिसाबले भन्ने हो भने यस लहरे आँपको फूल एकदमै सुन्दर र आकर्षित हुने हुँदा स्पेनिसहरुले यसलाई “Passion Fruit” भनेर नामाकरण गरेको पाइन्छ । यो फल सदाबहार, बहुबर्षे र लहरामा फल्ने फलको कारणले धेरै फाईदाजनक छ भनि चिनिएको छ । बैज्ञानिक हिसाबले एउटा फलमा १८ ग्रामको लहरे आँपमा ९७ प्रतिशत क्यालोरी शक्ति पाईन्छ भने यसमा २३ ग्राम प्रतिशत कार्बोहाइड्रेट, १० प्रतिशत ग्राम फाइबर, २ प्रतिशत ग्राम प्रोटिन र ० दशमलव ०६ प्रतिशत ग्राम फ्याट पाईन्छ । भिटामिन ए, सोडियम, म्याग्नेसियम, सल्फर र क्लोराइड पनि यो फलमा पाउदै आएको छ । फाइबरको मात्रा बढी हुने भएकोले यसमा क्यान्सर प्रतिरोधी क्षमता अधिक छ भने चलन छ ।
उदाहरणको रुपमा भन्ने हो भने हाल लहरे आँपको व्यवसायिक रुपमा खेती गर्ने देशहरुमा अष्ट्रेलिया, न्युजिल्याण्ड, केन्या, युगान्डा, रुवाण्डा, भारत, श्रिलंका, हालसालै नेपालमा पनि शुरुवात गरिएको छ । संयुतm राज्य अमेरिकाको फ्लोरिडा, ह्वाई र क्यालिफोर्नियामा यस फलको बढी व्यवसायिक खेतीको रुपमा विकास गरेको देखिन्छ । यस फलको उत्पादन फूल फुलेको करिब ८० दिनभित्र फल टिप्नको लागि तयार हुन्छ भने भनाईछ । यस फललाई रोपेको करिब ९ महिना भित्र विरुवा परिपक्व भइ हुर्किने गर्दछ साथै फल लाग्ने पनि हुन्छ । उपयुक्त मात्रामा सिंचाईको उपलब्धता भएमा यो विरुवाले बर्षमा ४ पटकसम्म उत्पादन दिन सक्दछ । छिमेकी राष्ट्र भारतको मनिपुर, नागाल्याण्ड र मिजोरम राज्यमा समेत यसको व्यवसायिक खेतीको रुपमा गरेको पाईन्छ । ब्राजिलमा यसको व्यवसायिक खेती गरि ठूलो परिमाणमा रस निकाल्ने र प्रशोधन गरेर उद्योगहरुको स्थापना भएकोछ । विदेशमा समेत निर्यात गरेको इतिहास कायम नै छ । नेपालमा भन्ने हो भने हालसम्म यसको व्यवसायिक खेती गरेको पाईदैन् । साधारणतया यो फललाई ताजाफलको वा “Fresh Fruits” को रुपमा प्रयोग नगरिको पाईन्छ । यसको जुस पौष्टिक तत्व, खनिज पदार्थ र औषधियुतm गुण भएको हुनाले अन्य प्रयोजनमा पनि प्रयोग गरिएको छ । यो फल साना साना कृषकहरुको लागि बढी महत्वपूर्ण देखिन्छ । नेपालमा आम्दानीको उपयुतm श्रोत हुने भएकोले यो फल सुनिश्चित रुपमा मूल्यवान भई खेतीको लागि बढी उपयोग छ र त्यसै सिलसिलमा कृषकहरुको चेतनाको अभिवृद्धि गर्नु पर्ने हुन्छ । साथै स्वरोजगारीको सृजना पनि हुनेछ । साना तथा मझौला कृषकहरुको आयआर्जनका लागि यो खेती महत्वपूर्ण छ । आयआर्जन वृद्धिले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
फलफूलहरु मध्ये लहरे आँप बहुगुण भएको हुनाले स्थानीय तथा बिश्व बजारमा यस फलको बढी महत्वता र मागछ । यो फल प्राय मध्य पहाड तथा काठमाण्डौ उपत्यकमा पनि फलाउन सकिन्छ । लहरे आँपमा एन्टि अक्सिड्यान्ट तत्व पाइने भएकाले रिस घटाउने, मुटुलाई स्वस्थ राखने र रोगसँग लड्ने क्षमता बढाउनेछ । छिटपुट रुपमा माथिल्लो चुरे क्षेत्रमा पनि यो फल फलाउन सकिन्छ । यस फलको बैज्ञानिक हिसाबले भन्दा एउटा पाकेको लहरे आँपमा ५१ प्रतिशत बोक्रा, ३६ प्रतिशत रस र ११ प्रतिशत बिउले ढाकेको फलको आकार हुन्छ । यो सामान्यतया १२ सयदेखि २ हजार मिटरको उच्चाईमा फल्ने फल हो । माटोको पीएच ६ देखि ७ सम्म यसका लागि उपयुक्त मानिन्छ । सामान्यतया १८ देखि ३० डिग्री सेल्सियस तापक्रम भएको भुगोल यस फलकालागि उपयुक्त मौसम मानिन्छ । त्यस्तै बार्षिक ९ सयदेखि २ हजार मिलिमिटरसम्म बर्षा हुने ठाँउमा यो फलको लागि उपयुक्त हुन्छ । यो फल दैनिक सरदर ५ देखि ७ घन्टासम्म घाम लाग्ने ठाँउमा फलछ । यसलाई लहरा काटेर पनि रोप्न सकिन्छ । नत्र फलभित्र पाइने विउबाट विरुवा उमारेर पनि रोप्न सकिन्छ । यसकालागि विरुवा रोप्नुभन्दा करिब महिना अधि नै खाल्डो तयार पारेर मल हाल्नु पर्छ । आधा मिटर गहिरो र आधा मिटर फराकिलो खाल्डोमा १० केजीसम्म पाकेको मल हालेर खाल्डो तयार गर्दा यो विरुवा छिटै उमिने हुन्छ । यस फलको बारेमा भन्दा बैज्ञानिक फाईदा तथा राम्रो जानकारी यहीसम्म प्रस्तुत गर्दछु । अफै धेरै फाईदा हुने भएकोले फाईदाको लहरमा बढी गरिने बाँचा गर्दछु ।

४ लहरे आँपको खेती प्रविधिबारे जानकारीः
लहरे आँप बहुगुण भएको फल हो । एउटा विरुवादेखि अर्कोको बीचको दूरी २ मिटर र एक लहरादेखि अर्को लहरा बिचको दूरी ३ मिटर राख्नु पर्दछ । यसलाई साढे २ मिटर अग्लो थाँक्रो हाल्नु पर्दछ । यसको फल्ने आयू ३ बर्षको हुन्छ । त्यसपछि माँस्नु पर्छ नत्र राम्रो फल लाग्दैन् । यो फल राम्रो हुँदा प्रतिलहरा ७५ केजीसम्म फल लाग्ने रेकर्ड देखिन्छ । मैले सुनेकोमा एक हेक्टरमा १६ सय ६७ वटा विरुवा रोप्न सकिन्छ । प्रति हेक्टर १५ देखि २० टनसम्म फल पलाउन सकिन्छ । थोरै जमिनमा अथवा एक रोपनीमा १०० सय २६ वटा विरुवा लगाउन सकिन्छ । लहरे आँपमा फूल फूलेको २० दिन पछि फलमात्र पूर्ण आकारमा फल देखिने गर्दछ । उतm अवधिसम्म फलको तौल पनि चाँडो दरमा बढने देखिन्छ । त्यसपछि बिस्तारै परिपक्व हुदै जाने गर्दछ । फूल फूलेको ३० दिनपछि फलमा रसको मात्रा बढदै लाने गर्दछ । साथै ६० दिन पछि फलको भित्रि रङ्ग पहेलोबाट क्रमशः सुन्तला रङ्ग जस्तो परिर्वतन हुदै जान्छ । फूल फूलेको दिनदेखि ७० दिनसम्म फलको बाहिरी बोक्राको रङ्ग हरियो नै रहन्छ । फूल फूलेको ९० दिन पशचात फल पूर्ण रुपमा पाक्न थाल्छ । यो फल पाकी सकेपछि लहराबाट छुट्टिन शुरु गर्दछ । थाँहा पाउन पर्छ जब राम्रोसंग पाकेको फल लहराबाट छुट्टिन्छ त्यस पछि मात्र खाने योग्य हुन्छ । यसरी पाकेर फलहरुलाई दिउँसोको घामको प्रतिकूल असर नपर्ने हिसाबले बिहानको समयमा फललाई विरुवाबाट वा लहराबाट संकलन गर्नु पर्दछ । यो यस फलको प्रविधि भित्र पर्दछ ।

५ लहरे आँपको फाईदाहरुः
लहरे आँपको नियमित सेबनले क्यान्सर र मुटु सम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।
यो मस्तिककालागि उपयोगी फल हो । साथै यस लहरे आँपले हड्डी र दाँत समेत मजबुत बनाउनुका साथै रक्तसञ्चार कम गर्न समेत सहज गराउँदछ ।
लहरे आँप गर्भवती महिलाकालागि उपयोगी हुन्छ । त्यस्तै, वजन तथा प्रेशर घटाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
छाला मुलायम बनाउन मद्दत गरेर मानिसलाई सधै जवान बनाईमा भूमिका खेल्दछ ।
मधमेहका रोगीकालागि लहरे आँप अमृत सरह हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न पनि भूमिका खेल्दछ । त्यसैगरी, शरीरमा कालेस्ट्रोल नियन्त्रण गर्न समेत मद्दत गर्दछ ।
यदि तपाई सर्जरी वा अप्रेसनको दौरान हुनु हुन्छ भने यो फल सेवन नगर्दा राम्रो मानिन्छ ।
लहरे आँपको बाहरि बोक्रा सुकाई चुर्ण बनाई अनिवारमा लेप लगाउदा अनुहारमा भएको कालो दाँग, पोतो र खटेरा हराउनका साथै अनुहारको चाउरी समेत तनकाई दिन्छ । अनुहारमा मुलाएम बनाउनका साथै गोरो बनाउने काम पनि गर्दछ । तल प्रस्तुत गरेका फलका विभिन्न भागलाई प्रयोगमा ल्याउन सकिन्छ ।
६ लहरे आँपको माग र निर्यातः
लहरे आँप सेवन गर्दा रसिलो र मिठो भएकाले समाजमा सबै जनाले स्वाद लिइ खाने गर्दछन् । यस फलको बयान गर्दा जति गरे पनि गर्न सकिदैन् । नेपालको लागि यो फल नयाँ भएकोले सबै जनालाई यसको बारेमा बढी महत्व र फाईदा सम्बन्धी जानकारी छैन् । यो फल विभिन्न औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यस फलका बहुगुण भएकोले यस को माग स्थानीय र बाहिर दुबै बजारमा बराबर छ । नेपालमा भरखरै यो को परिचय भएकोले यस फललाई सबैले चिनिने मौका पाएका छैनन् । यस फलको भित्रि र बाहरि भाग दुइटै प्रयोगमा ल्याउन सकिने भएकोले बढी उपयोगी फलमा पर्दछ । माथिको ब्याख्यामा फाईदा प्रस्तुत गरिएको छ र त्यहाँबाट थाहाँ पाउन सकिन्छ । यो फल कतिको उपयोगी छ भने कुरा ।
यस फलको माग नेपाल र विश्वका सबै देशहरुमा बराबर छ । यो फलको उत्पादन बढयो भने नेपालले बिदेशमा निर्यात गर्न सकिनेछ । यो फल लामो समयसम्म राख्न सकिने भएकोले विदेशमा सजिलै सँग पु¥याउन सकिने छ । यो फल अमेरिका, अष्ट्रेलिया, एसिया र अफ्रिका देशहरुमा निर्यात गर्न सकिन्छ र ती देशहरुमा यसको माग बढीछ । नेपालले विदेशमा निर्यात गर्ने उत्पादन गर्न सकिायो भने आर्थिक हिसाबले धेरै बढी अभिवृद्धि गर्न सकिने छ । यो सुझाब नेपाल सरकारलाई छ ।
७ लहरे आँपको निष्कर्षः
अन्त्यमा यस फलको महत्वपूर्ण भूमिका नेपालकोलागि छ । यो फल पहाड, हिमाल तथा तराईमा बराबरै उत्पादन गर्न सकिन्छ । लहरे आँपको माग अनुसार नेपालको बजारमा बढी छ । यो लहरे आँप फल औषधिको रुपमा लिन सकिन्छ । त्यस कारण यसको महत्व नेपालमा छ र खपत पनि हुने गर्दछ । यस फलको बढी उत्पादन भएमा नेपालले विश्वका देशहरु मध्य अमेरिका, अस्टेलिया, केनेडा, युरोपका धेरै देशहरुमा र एशियाका अन्य देशहरुमा निर्यात गरी आर्थिक आयआर्जन गर्न सक्नेछ । यस फलको ब्रोक्रा बाक्लो भएकाले बढी समयसम्म सुरक्षित राख्न सकिन्छ । यसको स्वाद झन मिठो भएर जानेछ । नेपालको बेरोजगारी समस्यालाई हल गर्नेछ । बिदेशिएका युवाहरुलाई आधुनिक कृषिको उत्पादनमा लगाई स्वरोजगारी दिन सकिन्छ । बिदेशिने युवाहरुलाई नेपालमै रोजगारी दिन सक्नेछ अर्को उपाए हुनेछ । यो शिक्षा नेपाल सरकारलाई पनि दिनु अतिआवश्यक छ । यस फलको खेतीको लागि बढी मल र सिंचाई पनि चाहिदैन् । अन्त्यमा निष्र्कर्ष निकल्दा नेपाल सरकारले संध, प्रदेश र स्थानीय स्तरमा व्यापक रुपमा कृषिमा लगानी लगाई नवयुवा वा जेन्जीहरुलाई फलफूलको खेती काम लगाउने हो भने हालको समस्या हल गर्न सकिन्छ । नेपाल सरकारले एकीकृत कृषि खेतको रुपमा विकास गर्ने हो भने नेपालमा हरितक्रान्ती गरी देशलाई नयाँ ब्राण्डीङ्गको रुपमा अगाडी बढाउन सक्नेछ । सो श्रोतले देशको आयआर्जनमा वृद्धि गराउनका साथै देशको विकासमा नयाँ फडको लगाउन सक्नेछ । यदि नेपाल सरकारलाई सहयोग चाहेमा सामुदायिक विकास कार्यक्रम नेपाल
(Community Development Programme Nepal) अथवा छोकरीमा CDP Nepal विज्ञहरु सँग सम्पर्क गरी देशमा नयाँ आयाम ल्याउन सक्नेछ । सो योजनाको सम्र्पक ठेगानाः
cdpnepal1@gmail.comहो । मैले पनि सो संस्थाबाट धेरै ज्ञानको शिक्षा लिएको हुनाले सल्लाह दिएकोछु । आजलाई यही कलम रोक्ने छु र विदा चाहन्छु बाकी अन्य लेखमा लेख्ने अनुरोधका गर्दछु । यस लेखका लेखक डा सिंह, हार्ट क्लब नेपाल ललितपुर जिल्लाका सभापति हुन