सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

माउण्टेन इनर्जीको प्रस्तावित २०% बोनस शेयर स्वीकृत

माउण्टेन इनर्जीको प्रस्तावित २०% बोनस शेयर स्वीकृत

 

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको वाह्रौं वार्षिक साधारणसभाबाट संचालक समितिबाट प्रस्तावित २१ प्रतिशत लाभांश स्वीकृत भएको छ। सोमबार ( २९ मंसिर २०८२ ) कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

सभाले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी रु. २अर्ब ६० करोड २७ लाख १५ हजार ७०८ को २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो।कम्पनीको साधारणसभाले पारित गरेसंगै अब उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

त्यस्तै , सभाले अध्यक्ष पाण्डेबाट प्रस्तुत भएको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त कम्पनीको लेखा परिक्षण प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, २०८१/८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी सभाले पारित गरेको छ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०८२/८३ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गरि निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ । साथै सभाले प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ।

यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादी खोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीको कुल आय रु. १ करोड ३९ लाख २९ हजार रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend