२८ मंसिर, काठमाडौं । टोखा नगरपालिकास्थित गतिशिलता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त संस्थाका अध्यक्ष प्रकाश भेटुवालको सभापतित्वमा मंसिर २७ गते शनिबार सम्पन्न भएको साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गरेको छ।
साधारणसभाले आ.व. २०८१/८२ को संस्थाको वार्षिक प्रगति प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन , नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
सभामा अध्यक्ष प्रकाश भेटुवालले संस्थाले स्थापना देखि नै सदस्यहरुमा उद्यमशिलता विकास गर्दै व्यवसायीक बनाउने कुरामा जोड दिएको बताए । संस्थामा आवद्ध सदस्यहरुलाई तालिम, गोष्ठी , सहकारी शिक्षा शिविर, अध्ययन भ्रमणमा सहभागी गराउदै लैजाने योजना रहेको र यसलाई आगामी वर्षमा कार्यान्वयन गर्ने उनले जनाए।
संस्थाको वित्तीय प्रतिवेदन अनुसार गत आ.व. को अन्त्यमा कुल पुँजि तथा दायित्व र सम्पत्ति रु. १,८४,१३,१३१/- पुगेको छ। हाल शेयर पुँजि रु. ९२,२९,४४६/- रहेको यस सहकारीले समीक्षा आर्थिक वर्षमा रु. ४,८५,४१६/- खुद मुनाफा आर्जन गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend