२८ मंसिर,काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मंसिर २६ गते शुक्रबार काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
साधारणसभाले लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण , आव २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु सभा ले पारित गरेको छ ।
यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा अवस्थित ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजना र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाबाट विगत ३ वर्ष देखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले रु. ३६ करोड ५१ लाख बराबरको विद्युत उत्पादन गरि बिक्री गरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend