सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब देखी नेपाली कामदार यूएई पनि निःशुल्क जान पाउने

अब देखी नेपाली कामदार यूएई पनि निःशुल्क जान पाउने

काठमाडौं १९,कात्तिक   । सरकारले यूएई जाने नेपाली कामदारलाई निःशुल्क रुपमा पठाउने श्रम सम्झौता कार्यान्वयनमा ल्याएको छ । नेपाल र यूएईबीच असारमा भएको श्रम सम्झौता सोमबार कार्यान्वयनमा आएसँगै कामदार निःशुल्क जान पाउने बताईएको छ । नेपाली कामदारका लागि यूएई तेस्रो ठूलो गन्तव्य मुलुक हो ।

नेपाल र यूएईबीच सम्झौता भए पनि प्रक्रिया र लगातबारे टुंगो लाग्न सकेको थिएन। सोमबार सम्पन्न दुई देशबीचको संयुक्त कार्य समूहको पहिलो बैठकले प्रक्रिया र विषयगत लागत टुंगो लगाएको हो।

सहमतिअनुसार अब कामदारले अभिमुखीकरण शुल्कका लागि सात सय, कल्याणकारी कोषमा बुझाउनुपर्ने एक हजार पाँच सय रुपैयाँ र उमेरअनुसार हुने बिमा रकमबाहेक अरु कुनै शुल्क तिर्नुनपर्ने भएको छ ।

म्यानपावर व्यवसायीलाई दिने सेवा शुल्कसहित अन्य सबै शुल्क रोजगारदाताले नै बेहोर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिले बताए।

दुई देशका व्यवसायीले आपसी सहमतिमा सेवाशुल्क लिनदिन पाउनेछन्। तर भुक्तानी बैंकिङ च्यानलबाटै कारोबार गर्नुपर्ने हुन्छ ।श्रम सम्झौता कार्यानवयन गर्दा कुनै समस्या आए दुर्तगतिमा समस्या समाधान गर्न संयन्त्र निर्माण भएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend