सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सीटीईभीटीको उपाध्यक्षका लागि दरखास्त आह्वान

सीटीईभीटीको उपाध्यक्षका लागि दरखास्त आह्वान

 

२४ मंसिर,काठमाडौँ ।   प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ। नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो।

समितिका अनुसार दरखास्त शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र बुझाउन सकिनेछ। रिक्त पद पूर्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन खुला रूपमा आवेदन मागिएको समितिको भनाइ छ।

उपाध्यक्ष पदखाली भएपछि नयाँ नेतृत्व चयनका लागि सुरु गरिएको यो प्रक्रिया प्राविधिक शिक्षा क्षेत्रको नीतिगत मार्गनिर्देशनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend