बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रदेश प्रमुखहरुलाई संवैधानिक व्यवस्था अनुरुपनै हटाईएको हो – महासचिव पौडेल

प्रदेश प्रमुखहरुलाई संवैधानिक व्यवस्था अनुरुपनै हटाईएको हो – महासचिव पौडेल

PHOTO: BALKRISHNA THAPA CHHETRI

काठमााडौं १८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई संवैधानिक व्यवस्था अनुरुपनै भएको सपष्ट पारेका छन् ।

नेपाली कांग्रेस लगायत केही साना दलहरुले प्रदेश प्रमुखहरु हटाउने निर्णयप्रति आपत्ति जनाइरहेका बेला महासचिव पौडेलले यस्तो कुरा बताएका हुन् ।

महासचिव पौडेलले संवैधानिक प्रक्रिया अनुसार नै प्रदेश प्रमुखहरुको हटाएको जानकारी दिदै कसैले आपत्ति जनाउन जरुरी नभएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ‘संवैधानिक व्यवस्था अनुरुपनै प्रदेश प्रमुखहरु पदमुक्त गरिएको दावी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend