सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्राकृतिक विपद् प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान

प्राकृतिक विपद् प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान

 

२० मंसिर,काठमाडौँ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले हालैका प्राकृतिक विपद् प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै दिगो राहत संरचना निर्माण गर्ने निर्णय गरेको छ। इलामको बाढी–पहिरोमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई १ लाख ५० हजार र ताप्लेजुङका प्याब्सन अध्यक्षको निधनपछि उनका परिवारलाई १ लाख सहयोग गरिएको संगठनले जनाएको छ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक रविन्स शर्माले संकटमा परेका विद्यालय, अभिभावक र विद्यार्थीका लागि ३ देखि ७ लाखसम्म सहयोग गर्न सकिने कोष निर्माणको तयारी भएको बताए। बैठकले भविष्यमै आउने कुनै पनि विपद्–विपत्तिमा राज्य संयन्त्रसँग समन्वय गरी सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend