सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सचेत भएर गहना खरिद गर्नुहोस्, सबै विवरण बुझेर मात्रै निर्णय लिनुहोस्ः नरेन्द्र कुमार गुप्ता

सचेत भएर गहना खरिद गर्नुहोस्, सबै विवरण बुझेर मात्रै निर्णय लिनुहोस्ः नरेन्द्र कुमार गुप्ता

    १८  मंसिर, काठमाडौं । गहना किनमेलका बेला सुनको मूल्यसँगै थपिने अन्य खर्चप्रति ग्राहकहरू सचेत हुनुपर्ने सुझाव आएको छ। श्री रिद्धि–शिद्धि ज्वेलर्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार गुप्ताले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै जर्ती र ज्याला छुट्टै हिसाब गरेर मात्र गहना खरिद गर्न उपभोक्तालाई आग्रह गरेका छन्।

गुप्ताले आफ्नो फेसबुकमार्फत लेखेका छन्— “गहना खरिद गर्दा जर्तीमा कति पैसा पर्‍यो र ज्यालामा कति पर्‍यो भनेर के तपाईँले हिसाब गर्नु भएको छ ? यदि छैन भने आजैदेखि गर्न थाल्नुहोस्।”


उनका अनुसार धेरै उपभोक्ताले सुनको दर मात्र हेरेर किनमेल गर्ने गर्दा जर्ती, मेकिङ चार्ज, पोलिसिङ, डिजाइनिङ लगायतका अतिरिक्त शुल्कबारे ध्यान नदिँदा वास्तविक लागतभन्दा धेरै रकम तिर्नुपरेको उल्लेख छ।

प्रबन्ध निर्देशक गुप्ताले सुनको मूल्यबाहेक थपिएको खर्च के–कति छ भन्ने कुरा स्पष्ट बुझेर मात्रै किनमेल गर्न उपभोक्तालाई सुझाव दिएका छन्। उनले भने, “सचेत भएर गहना खरिद गर्नुहोस्, सबै विवरण बुझेर मात्रै निर्णय लिनुहोस्।”

उपभोक्तामैत्री व्यापारिक अभ्यासलाई अघि बढाउँदै पारदर्शिता सुनिश्चित गर्न आफूहरू प्रतिवद्ध रहेको श्री रिद्धि–शिद्धि ज्वेलर्सले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend