काठमाडौं । कमलादीस्थित सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले सोह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यस सहकारीले देशभर रहेका आफ्ना विभिन्न ठाँउमा स्थापित सेवाकेन्द्रहरुको सभा मिति २०८२ कार्तिक २९ गतेदेखि मंसिर ५ गतेसम्ममा सम्पन्न गरे पश्चात् मंसिर ६ गते मुख्य कार्यालय काठमाडौंमा निर्णय प्रमाणित गर्दै साधारणसभा सम्पन्न गरेको हो। सभाबाट संस्थाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको नीति तथा कार्यक्रम अनुमोदन भएका छन् ।
संस्थाले समय र परिस्थिति अनुसार सदस्यहरुको संख्यामा वृद्धि गरी सदस्यहरुको कारोबार र शेयर रकम मिलान गर्नु परेमा तथा संस्थाले घरजग्गा वा जग्गा खारिद गर्नका लागि पूँजीकोष वृद्धि गर्नु पर्ने अवस्था आएमा आगामी दिनमा समय तोकी साविक शेयरधनीबाट थप तथा नयाँ सदस्यहरु बनाई शेयर रकम वृद्धि गर्ने निर्णय गरेकोमा आ.व. २०८१/०८२ मा पनि घरजग्गाको कारेबार सुस्त भएको, सहकारी विभाग तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा घर जग्गा कारोवारमा कारोवारमा सुस्तता रहेकाले सञ्चालक समितिबाट केही समय पर्खने निर्णय भए बमोजिम खरिद न गरिएकोले आगामी आ. व. मा बजारको परिस्थिति मध्येनजर गरी खरिद गरिने छ भने पूँजी वृद्धिलाई पनि सोही बमोजिम कार्यान्वयन गरिने जनाएको छ।
समीक्षा आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल सम्पत्ति रु.८४,४७,०९३९६.७३/- रहेको संस्थाले जनाएको छ। त्यस्तै , कुल निक्षेप रु. ५९,६४,१०७४८.१०/- र कुल कर्जा रु. ४६,३८,६१,४९२.७८ रहेको संस्थाले यस वर्ष रु. ८,५५,२५,८०२.१३/- कुल आम्दानी गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend