सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब पाँच लाख भन्दा माथिका सबै कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने

अब पाँच लाख भन्दा माथिका सबै कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने

 

१५ मंसिर, काठमाडौँ । सरकारले अब पाँच लाख रुपैयाँभन्दा माथिका सबै कारोबार अनिवार्य रूपमा बैंकमार्फत मात्र गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा, वस्तु खरीद–बिक्री वा अन्य कुनै पनि कारोबार एक पटकमा पाँच लाख वा सोभन्दा बढी भएमा अनिवार्य रूपमा बैंकिङ प्रणाली प्रयोग गर्नुपर्ने स्पष्ट निर्देश जारी गरेको हो।

यसअगाडि यो सीमा दस लाख रुपैयाँ निर्धारित थियो। सरकारले वित्तीय कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन, अवैध रकम प्रवाह रोक्न तथा पारदर्शिता अभिवृद्धि गर्न नयाँ सीमा लागू गरिएको सरकारी स्रोतले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend