सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनएमबि बैंकको पेमेन्ट गेटवे सुरु, विदेशी कार्डबाट पनि भुक्तानी लिन सकिने

एनएमबि बैंकको पेमेन्ट गेटवे सुरु, विदेशी कार्डबाट पनि भुक्तानी लिन सकिने

१५ मंसिर, काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सञ्चालनमा ल्याएको छ । देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

यो नयाँ सुविधासँगै अब व्यवसायीहरूले स्वदेशी तथा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टरकार्ड मार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन् । बैंकका अनुसार यो गेटवेले भौतिक र अनलाइन (ई-कमर्स) दुवै प्रकारका व्यवसायीलाई कारोबारमा सघाउ पुर्‍याउनेछ । नेपालभित्र र विदेशबाट समेत भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई व्यवसाय विस्तार गर्न यसले मद्दत गर्ने बैंकको विश्वास छ ।

कारोबारलाई सुरक्षित बनाउन पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर (3D Secure) प्रविधि समावेश गरिएको छ । जसअन्तर्गत कारोबार प्रमाणीकरणका लागि ‘ओटीपी’ वा पासवर्ड आवश्यक पर्नेछ । यसले अनधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गरी कारोबार सुरक्षित बनाउने बैंकले दाबी गरेको छ । यो सहकार्यले नेपालमा ई-कमर्सलाई बढावा दिनुका साथै वित्तीय कारोबारको डिजिटलाइजेसनलाई थप प्रभावकारी बनाउने अपेक्षा बैंकले लिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend