सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

श्रमज्योति बचत तथा ऋण सहकारीको पच्चीसौं वार्षिक साधारणसभा सम्पन्न

श्रमज्योति बचत तथा ऋण सहकारीको पच्चीसौं वार्षिक साधारणसभा सम्पन्न

 

१५ मंसिर,काठमाडौं । श्रमज्योति बचत तथा ऋण सहकारीको पच्चीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थराज न्यौपानेको सभापतित्वमा यही मंसिर १३ गते शनिबार काठमाडौंमा सो सभा सम्पन्न भएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सो कार्यक्रमको उद्घाटन गर्दै सहकारीले आफ्ना सदस्यहरुको हित तथा व्यवसाय विस्तारमा राम्रो काम गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गरे।

साधारणसभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन , वित्तीय प्रतिवेदन तथा लेखासुपरीक्षण प्रतिवेदनका साथै आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत अनुमोदन गरेको छ।

कार्यक्रममा संस्थाको गत आर्थिक वर्षमा कुल सम्पति तथा दायित्व १ अर्ब ४१ करोड १९ लाख ४२ हजार रूपैयाँ खुद आय तीन करोड १८ लाख २८ हजार रहेको जानकारी गराइएको थियो। शेयर पूँजी रु. १० करोड ४० लाख ४ हजार रहेको संस्थाले यस आ. व. मा २ करोड ४२ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष तिर्थ राज न्यौपानेले स्थापनाको २६औं वर्षको सञ्चालन अवस्थामा रहँदै गर्दा यस संस्थाले निकै ठूलो फड्‌को पार गरेको बताए। संस्था सञ्चालनमा नीति, विधि, पद्धति र स्वःनियन्त्रणलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिएको कारण संस्थाको भौतिक सम्पत्ती, वित्तीय कारोवार र अन्य सूचकाङ्कको हिसावले मजवुत भएको उनले जनाए । संस्थाको कारोवारलाई अझ व्यापक बनाउन थप चुनौतिहरु पनि देखिएका सन्दर्भमा संचालक समितिले संस्थाको सवल पक्षलाई अवसरको रुपमा उपयोग गर्दै चुनौतिका क्षेत्रगत असर पहिचान गरी प्राप्त अवसरलाई संस्था र सदस्यहरुको हित अभिवृद्धितर्फ केन्द्रित गर्न दीर्घकालिन व्यवसायिक रणनीतिक योजना कार्यान्वयन गरिदै लगिने उनले प्रतिबद्धता व्यक्त गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend