सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली कांग्रेसभित्र महाधिवेशनको सन्दर्भमा मेरा केही कुरा

नेपाली कांग्रेसभित्र महाधिवेशनको सन्दर्भमा मेरा केही कुरा

रबिन्स शर्मा,
१५ मंसिर, काठमाडौं । हालै नेपाली कांग्रेसभित्र महाधिवेशनको सन्दर्भमा भएको कचिङ्गलो र लामो समयसम्मको केन्द्रीय समितिको रसाकसीबाट पनि नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा नपुगेको अवस्थामा नेपाली कांग्रेसका शुभचिन्तक नेपाली कांग्रेस पार्टीले बहुमत प्राप्त गरोस् भन्ने निरन्तर लागिरहने एउटा लोकतन्त्रवादीको हैसियतले मेरो सुझाव यो छ कि गएको भदौ २३ र २४ गतेको अकल्पनीय घटनाबाट ले संविधान बडो जुक्तिका साथ प्रधानमन्त्री नियुक्ति त गरिएको छ तर यो संविधानको कुनै धारा उल्लेख छैन।

यस्तो अवस्थामा छ महिनाभित्र आम चुनाव गरी निर्वाचित जनप्रतिनिधि मार्फत राज्य सञ्चालन गर्नका लागि सरकार निर्माण गर्ने र डिरेल भएको संविधानलाई तचब अपमा ल्याइ देशमा सुशासन र अमन चयन कायम गर्ने प्रमुख दायित्व नेपाली कांग्रेसको नै हो। अहिले यस्तो संकटपूर्ण घडीमा आन्तरिक निर्वाचनमा अल्झने कि राष्ट्रिय निर्वाचनमा प्राथमिकता दिने भन्ने विषय प्रबल रुपमा छलफल चलिरहेको छ ।

हामीले राष्ट्र संविधानको विषयमा परेको अप्ठ्यारो मा पहिलो प्राथमिकता दिने कि आन्तरिक पार्टीको निर्वाचनलाई पहिलो प्राथमिकता दिने भन्ने विषय छान्दा हामीले पहिला आम निर्वाचनमा प्राथमिकता दिनु उपयुक्त हुन्छ। यस्तो अवस्थामा तत्कालै गर्नुपर्ने भए सभापति लगायत केन्द्रीय कार्यसमितिको सम्पूर्ण पदाधिकारी तथा सदस्यको विशेष महाधिवेशनद्वारा चयन गर्ने र यो केन्द्रको झगडा वडा क्षेत्री प्रदेश समिति संघीय क्षेत्रीय समिति र प्रदेश कमिटी प्रदेश समिति पुग्दैनर पुर्‍याउनु पनि हुँदैन तर २०८२ पुस र माघ महिना गरिने नियमित महाधिवेशनले वडादेखि केन्द्रसम्म महाधिवेशन सम्पन्न गर्दा उत्साहित सबै साथीहरू समेट्न नसक्दा त्यसको असर तत्कालै हुने २०८२ फागुन २१ गते।को निर्वाचन मा ठूलो असर पर्दछ मन चिरिएको साथीहरूलाई मलम लाउने समय पनि हामीसँग पर्याप्त हुँदैन।

तसर्थ कि सम्पूर्णकेन्द्रीय समितिकोनिर्णय गरेर पार्टी सभापतिदेखि सदस्य पदाधिकारी तथा सदस्यहरू को निर्वाचन विशेष महाधिवेशनबाट निर्वाचन गर्नु उपयुक्त हुन्छ। अन्यथा २० ८३ वैशाख महिनामा नियमित महाधिवेशन गर्दा हुन्छ।यदि हामीले आफ्नो पार्टीको आन्तरिक अधिवेशनबाट जसरी पनि नेतृत्व हत्याउने मात्रै प्रयत्न गर्दा वा तत्काल अधिवेशन गर्ने कुरा सोच्दा राष्ट्रिय निर्वाचन मा हामी परास्त हुने सम्भावना बढी हुन्छ। त्यसैले विशेष महाधिवेशन गर्नुस्। हैन भने नियमित महाधिवेशन गर्नुहुन्छ भने त्यो आम निर्वाचन अगाडि नगर्नुस्। लेखकः नेपाली काँग्रेुसका युवा नेता हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend