३ मंसिर, काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य आजदेखि लागू हुने गरी घटाउने निर्णय गरेको छ। मंगलबार बसेको सङ्घको कार्यसमिति बैठकले उत्पादन मात्रा, बजारको हालको माग तथा आपूर्ति अवस्थाबारे समीक्षा गर्दै मूल्य परिमार्जन गर्ने निर्णय गरेको हो।
सङ्घका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्यअनुसार ठूला अण्डाको प्रति क्रेट ४५० रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट ४३५ रुपैयाँ तोकिएको छ। त्यस्तै, साना अण्डाको मूल्य प्रति क्रेट २६ सय रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि ठूला अण्डाको मूल्य प्रति क्रेट ५०० रुपैयाँ र मध्यम अण्डाको मूल्य प्रति क्रेट ४५० रुपैयाँ रहेको थियो। उत्पादन बढ्दै गएपछि बजार सन्तुलन कायम गर्न मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend