सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको नियमित बैठक सम्पन्न, ३०औँ साधारण सभाका लागि आह्वान

ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको नियमित बैठक सम्पन्न, ३०औँ साधारण सभाका लागि आह्वान

 

२ मंसिर,काठमाडौं । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले आफ्नो नियमित बैठक सम्पन्न गरेको छ। बैठकले आगामी मिति २०८२ मंसिर १३ गते आयोजना हुने महासंघको ३०औँ साधारण सभाका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गर्दै सबै संरचनालाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले साधारण सभामा सहभागी हुन महासंघको तर्फबाट सम्पूर्ण सल्लाहकार समिति, प्रदेश समिति, जिल्ला समिति, नगर समिति तथा गठनका प्रक्रियामा रहेका क्षेत्र तथा इकाई समितिहरूका प्रतिनिधिहरूलाई हार्दिक निमन्त्रणा गरेका छन्। साथै देशभरका व्यवसायी तथा उद्योगी मित्रहरूलाई पनि सभामा उपस्थिति जनाई महासंघको संस्थागत सुदृढीकरणमा साथ दिन उनले आग्रह गरेका छन्।

आगामी साधारण सभा काठमाडौंको नक्सालस्थित रानीमहलमा बिहान ९:०० बजे सुरु हुने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ। कार्यक्रममार्फत संस्थागत गतिविधि, कार्यदिशा, आगामी योजनाहरू तथा संगठन विस्तारका विषयमा विस्तृत समीक्षा तथा निर्णय हुने अपेक्षा रहेको महासंघले जनाएको छ।

अध्यक्ष श्रेष्ठले ग्रील तथा स्टिल व्यवसायीबीच समन्वय, सहकार्य र एकतापूर्ण संस्थागत विकासका लागि साधारण सभा अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै “जय ग्रील” नारासहित सक्रिय सहभागिताको आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend