काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा यही कार्तिक २८ गते शुक्रबार नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ।
सभाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ। साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि प्रस्तुत भएर पारित भएको छ।
त्यसका अतिरिक्त, आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ का वित्तीय विवरण पारित गरिएको छ। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का लागि नियुक्त लेखापरीक्षकको प्रतिवेदन तथा पारिश्रमिक अनुमोदन गर्ने र २०८१/८२ का लागि नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश भएर पारित भएका छन् । साथै, सञ्चालक नियुक्ति अनुमोदन र सर्वसाधारण समूहबाट बाँकी अवधिका लागि प्रतिनिधि सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश त्जिए।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते बुक क्लोज गरेको छ। त्यस अनुसार, कात्तिक ११ गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरूले मात्र सभामा सहभागी रहेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend