सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा

काठमाडौं १८, कात्तिक । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । वित्तीय अनियमितताको आरोप लागेका श्रेष्ठलाई राष्ट्र बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनको छानबिनको लागि समिति गठन गरेपश्चात उनी निलम्बनमा परेका हुन् ।

सोमवारको बैठकले ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । उनीमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप पनि लागेको छ ।

डेपुटी गभर्नर श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतले फैसना नगर्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर छलीमा सहयोग गरेको पनि आरोप लागेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend