सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दिक्तेलबाट करदाता सेवा कार्यालय हटाउने निर्णयप्रति आपत्ति, एमाले नेतृ उषा कला राईको तत्काल खारेजीको माग

दिक्तेलबाट करदाता सेवा कार्यालय हटाउने निर्णयप्रति आपत्ति, एमाले नेतृ उषा कला राईको तत्काल खारेजीको माग

 

२३ कार्तिक,खोटाङ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा रहेका करदाता सेवा कार्यालयलाई हटाउने निर्णयका विरुद्ध तीव्र असन्तुष्टि जनाइएको छ । नेकपा (एमाले) नेतृ उषा कला राईले सो निर्णय करदाताहरुलाई दुःख दिने, ठग्ने र जनविरोधी कदम भएको बताउँदै उक्त निर्णय तत्काल खारेज गर्न सम्बन्धित निकायसँग माग गरेकी छिन् ।

उनका अनुसार, दिक्तेलमा रहेको करदाता सेवा कार्यालयले जिल्लाका उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई नजिकबाट सेवा दिइरहेको अवस्थामा यसलाई अन्यत्र सार्ने निर्णयको कुनै औचित्य छैन । “यो या त्यो बहानामा कार्यालय हटाउने निर्णय वास्तवमा करदाताहरुलाई फेरि दुःख दिने, ठग्ने मेलो हो भन्न बुझ्न सकिन्छ,” नेतृ राईले भनिन् ।

राईले उक्त कार्यालयलाई निरन्तरता दिनु आजको आवश्यकता भएको बताउँदै दिक्तेलका उद्योग व्यवसायी र सर्वसाधारण नागरिकले गरेको मागलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेकी छिन् । “करदाताको हित र स्थानीय सेवाको सहज पहुँचका लागि यो कार्यालय दिक्तेलमै रहनुपर्छ,” उनले जोड दिइन् ।

उनले कर प्रणालीलाई जनमुखी, पारदर्शी र पहुँचयोग्य बनाउन सरकारलाई सचेत गराउँदै स्थानीय जनताको भावनाको कदर गर्न पनि सम्बन्धित निकायलाई अनुरोध गरेकी छिन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend