सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच अन्तरक्रिया : आईटी क्षेत्रका लागि नयाँ वित्तीय अवसरहरूबारे छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच अन्तरक्रिया : आईटी क्षेत्रका लागि नयाँ वित्तीय अवसरहरूबारे छलफल

 

२० कार्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग बैंकिङ सेवा, कर्जा विस्तार र व्यवसाय वृद्धिसम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले आईटी व्यवसायका लागि उपयुक्त कर्जा योजना, प्रक्रियागत सहजता, बैंकिङ सेवा विस्तार, डिजिटल बैंकिङ नवप्रवर्तन तथा वित्तीय सुरक्षाका उपायहरूबारे विस्तृत जानकारी दिएका थिए। सो अवसरमा सहभागीहरूले आईटी व्यवसायको प्रवर्द्धनमा बैंकको भूमिकाबारे सुझाव र अनुभव साटासाट गरेका थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले ग्लोबल आइएमई बैंकले विभिन्न पेशागत समूह र व्यवसायिक क्षेत्रसँग आबद्ध संस्थाहरूसँग सहकार्य गर्दै वित्तीय पहुँच विस्तार र व्यवसायिक सुदृढीकरणमा जोड दिइरहेको बताए। उनले आम नागरिकमा वित्तीय साक्षरता वृद्धि गर्ने उद्देश्यले मुलुकभर बैंकले नियमित रूपमा साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी समेत दिए।

रेग्मीका अनुसार, नास–आईटीसँगको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउन दुवै संस्थाले कर्मचारीहरूको सीप, ज्ञान र अनुभव अभिवृद्धि गर्ने साझा कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिरहेका छन्। ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित ‘दिगो कोष’लाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको पनि जानकारी दिइयो।

ग्लोबल आइएमई बैंक पछिल्ला वर्षहरूमा उत्कृष्ट वित्तीय सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर अवार्ड’ जस्ता प्रतिष्ठित पुरस्कारहरू हात पारेको छ।

वर्तमानमा बैंकले मुलुकका सबै ७७ जिल्लामा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

नेपालभित्र मात्र नभई, ग्लोबल आइएमई बैंकले विदेशस्थित नेपालीहरूका लागि रेमिट्यान्स सेवा पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

बैंकका अनुसार, यस्ता अन्तरक्रिया कार्यक्रमहरूले आईटी क्षेत्र र वित्तीय क्षेत्रबीचको सहकार्यलाई थप सबल बनाउने र नेपालको डिजिटल अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend