१६ कार्तिक, काठमाडौँ। जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को २७औँ साधारणसभा सम्पन्न भएको छ । सम्पन्न साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।
आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन, सहसचिवमा डा सन्तोष बास्तोला, कोषाध्यक्षमा डा सञ्जयकुमार गुप्ता तथा सहकोषाध्यक्षमा डा आरती शाह चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा डा ऐषणा जोशी, डा दयाराम लम्साल, डा दीपेन्द्र तिमिल्सिना र डा राजीवराज थपलिया रहेका छन्। सरकारी तथा निजी अस्पताल एवं दुर्गम भेगमा रहेका स्वास्थ्य संस्थामा कार्यरत आकस्मिक तथा सामान्य चिकित्सा क्षेत्रमा कार्यरत ८०० भन्दाबढी चिकित्सक रहेको यस संस्था २०४६ सालमा स्थापना भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend