सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धितोपत्र बोर्डका कर्मचारीले मागे अध्यक्षको राजीनामा

धितोपत्र बोर्डका कर्मचारीले मागे अध्यक्षको राजीनामा

  • शुक्रबार, १४ कार्तिक २०८२

 

१४ कार्तिक, काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कर्मचारी युनियनहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन्। शुक्रबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष राजकुमार पण्डित र कर्मचारी युनियनका अध्यक्ष अजय ढुङ्गानाले संयुक्त विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयको पत्रले सिर्जना गरेको विवाद समाधान गर्न असफल भएको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठलाई पदबाट हट्न आग्रह गरेका हुन्।

३९ दिनदेखि आन्दोलनरत कर्मचारीहरूले अध्यक्ष र सञ्चालक बोर्डले समस्या समाधानमा कुनै ठोस पहल नगरेको भन्दै राजीनामा दिएर निकास दिनुपर्ने बताएका छन्। उनीहरूले अध्यक्षले राजीनामा नदिए कार्यकक्षमा प्रवेश गर्न नदिने चेतावनीसमेत दिएका छन्।

कर्मचारीहरूले अर्थ मन्त्रालयको निर्णयविरुद्ध बोर्डले संस्थागत रूपमा अदालत जानुपर्ने माग गर्दै, काम ठप्प हुँदा सेवाग्राहीमा परेको असरप्रति क्षमायाचना समेत गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend