सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय सहकारी महासंघ र अर्थमन्त्री खनालबीच भेटवार्ता, सहकारीको सुदृढीकरणमा सरकार सकारात्मक

राष्ट्रिय सहकारी महासंघ र अर्थमन्त्री खनालबीच भेटवार्ता, सहकारीको सुदृढीकरणमा सरकार सकारात्मक

 

१३ कार्तिक, काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि।नेपालको टोलीले बिहिबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग अर्थ मन्त्रालयमा भेटवार्ता गरेको छ । उक्त भेटमा सहकारी क्षेत्रका वर्तमान चुनौती, सुधारका उपाय र सरकार–सहकारी साझेदारीका विस्तृत छलफल भएको थियो ।
भेटका क्रममा अर्थमन्त्री खनालले सहकारी क्षेत्रको हालको अवस्थाबारे आफू पूर्णरूपमा जानकार रहेको बताउँदै सहकारी क्षेत्र देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षेत्र रहेको उल्लेख गर्नुभयो ।
उहाँले हाल उत्पन्न केही वित्तीय चुनौती समाधानका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरेको बताउँदै, “एक लाख रुपैयाँसम्मको वचत फिर्ता गर्ने विषयमा सरकार बजेट छुट्याएर बसेको छ ।’
अर्थमन्त्री खनालले सहकारी आन्दोलनप्रति सरकार सकारात्मक रहेको भन्दै यसको सुदृढीकरण र उत्थानका लागि आर्थिक तथा नीतिगत सहयोग गर्न तयार रहेको आश्वासन दिनुभयो । साथै, सहकारी प्रवद्र्धन कोषलाई राष्ट्रिय सहकारी महासंघको मातहतमा राख्नुपर्ने प्रस्तावप्रति आफू सकारात्मक रहेको बताउनु भयो ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सो अवसरमा महासंघको प्रस्तावित कार्यक्रम, सहकारी क्षेत्रका नीतिगत तथा संरचनात्मक सुधारका आवश्यकताहरू र सरकारसँगको सहकार्यका सम्भावनाबारे विस्तृत जानकारी गराउँदै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउनुभयो ।
पोखरेलले भन्नुभयो “सरकार र सहकारी अभियानबीच सघन सहकार्य भएमा हालका चुनौतीहरू सजिलै समाधान गर्न सकिन्छ र सहकारी आन्दोलन अझ मजबुत दिशामा अघि बढ्नेछ ।”
उक्त भेटमा पोखरेलको नेतृत्वमा गएको महासंघको टोलीमा उपाध्यक्षहरु खेम पाठक, डि।बी। बस्नेत, संचालकहरु काशीचन्द्र बराल, टेकप्रसाद चौलागाई, परितोष पौड्याल, सुमन नेपाल तथा कार्यवाहक महाप्रबन्धक गोपीकृष्ण भण्डारी सहभागी हुनुहुन्थ्यो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend