सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह

जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह

 

१० कार्तिक,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । महासंघले व्यवसायीहरूबाट जाहेरी नलिएर दण्डहीनता बढ्दै गएको गुनासो आएको बताउँदै यस्तो अवस्थाले लगानी र आर्थिक गतिविधिमा नकारात्मक असर पारिरहेको जनाएको छ ।

महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति र सुरक्षा बिना स्थायित्व सम्भव नहुने भन्दै व्यवसायीको सुरक्षाको प्रत्याभूति गर्न माग गरे । उनले दोषीमाथि छानबिन गरी कारबाही नगरे दण्डहीनता बढ्ने चेतावनी दिए ।

निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानी वातावरण विश्वसनीय बनाउन र उद्यमीको मनोबल उठाउन सरकारको सक्रियता आवश्यक रहेको बताए । महासंघले निजी क्षेत्रको सुरक्षाका लागि जिल्ला र केन्द्रस्तरीय सुरक्षा समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न गृहमन्त्रालयमा पत्राचारसमेत गरेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend