९ कात्तिक, काठमाडौं। नेपाली गीत संगीत क्षेत्रका एक धरोहर बरिष्ठ गायक आनन्द कार्कीलाई भारतमा आयोजित एक बिशेष अन्तरास्ट्रिय कार्यक्रम बीच सम्मान गरिएको छ। गीत संगीत क्षेत्रमा उहाँको ४० बर्ष भन्दा लामो समर्पणको कदर गर्दै असोज २४ गते शुक्रवार भारतको शान्तिबनमा आयोजित ” ग्लोबल समिट २०२५ ” नामक विश्वभरका सर्जक, श्रष्टा र कलाकारहरूको उपस्थिति रहेको अन्तराष्ट्रिय कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो। नेपालीमात्र नभएर हिन्दी भाषाका गीत तथा गजल क्षेत्रमा समेत कार्कीको महत्वपूर्ण योगदान रहँदै आएको छ।
नेपाली गीत संगीत क्षेत्रको स्वर्णिम कालदेखि अहिलेको पुस्तासम्म आँफुलाई निरन्तर रुपमा चर्चित र लोकप्रिय गायकको रुपमा उभ्याउन सफल सदाबहार गायक आनन्द कार्कीलाई अन्तराष्ट्रिय मन्चमा विश्वभरका सर्जक, श्रष्टा र कलाकारहरू माझ गरिएको यो सम्मान सम्पूर्ण नेपालीहरुको लागी समेत गर्वको रुपमा रहेको छ। नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आउनु भएका कार्कीले उक्त सम्मान ग्रहण कार्यक्रममा समेत नेपाली गीतको प्रस्तुति दिनुभएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend