सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राद्वारा तिहारको शुभकामना सन्देश

वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राद्वारा तिहारको शुभकामना सन्देश

 

३ कार्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले तिहारको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले प्रकाश र खुशियालीको यो पर्वले सबैको जीवनमा शान्ति, समृद्धि र सफलता ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।

मल्होत्राले आफ्नो शुभकामना सन्देश सानो भिडियो क्लिपमार्फत सार्वजनिक गर्दै तिहारले अन्धकारमाथि उज्यालो र दुःखमाथि सुखको विजयको सन्देश दिने उल्लेख गर्नुभयो । उहाँले यस पर्वले पारिवारिक स्नेह, आपसी सहयोग र व्यवसायिक विश्वासको सम्बन्धलाई अझ बलियो बनाओस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष मल्होत्राले देशको आर्थिक समृद्धि, उद्योग व्यापारको प्रगति र राष्ट्रिय एकताको लागि सबै नेपाली एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । उहाँले तिहारको उज्यालोले सम्पूर्ण देशमा आशा र सकारात्मक सोच फैलाओस् भन्ने कामना गर्दै सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend