सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा पत्रकार एबम सहकारी अभियान्ता सुमन नेपाल निर्वाचित

कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा पत्रकार एबम सहकारी अभियान्ता सुमन नेपाल निर्वाचित

काभ्रे १७ कात्तिक । जिल्ला कृषि सहकारी संघ काभ्रेको चौथो साधारणसभा बाट अध्यक्षमा सुमन नेपाल बिजय भएका छन् । नवनिर्वाचित अध्यक्ष नेपाल पत्रकार एबम कुशल सहकारी अभियान्ता एबम् चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाका  अध्यक्ष समेत हुन् ।

पत्रकारिता संगै, सहकारी क्षेत्रमा लागेका नेपाल केन्द्र देखी जिल्ला सम्म राजनीतिमा पहुँच भएका सालिन व्यक्तित्वका रुपमा चिनिन्छन् । साथै राजनीतिमा पनि सक्रिय हँुदै आएका नवनिर्वाचित अध्यक्ष नेपाललाई  राम्रो भविष्य भएका आशालाग्दा यूवा नेताको रुपमा लिने गरिन्छ ।

यस्तै साधारणसभा बाट उपाध्यक्षमा सनतनु केसी, सचिवमा राम राजथिङ,कोषाध्यक्षमा जमुना लामा, र सदस्यमा सीता दङ्गाल, लेखासमिती संयोजकमा कृष्ण हरि कोइराला, सदस्यमा बिमलाकुमारी थापा र कल्याण कुमार रायमाझी निर्वाचित भएका छन् । अधिकांस कार्यसमिति सानाकिसान कृषि सहकारी काभ्रेका संचालक छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend