काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश प्रदान गरेको छ। कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा १८औं वार्षिक साधारणसभा सम्पन्न गर्दै संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. १,३५,१५,५२,८४८/८० को १५ प्रतिशतले हुन आउने रकम रु. २०,२७,३२,९२७/३२ बराबरको नगद लाभांश साधारणसभाबाट स्वीकृत गरेको छ। लाभांश वितरणका लागि कम्पनीले असोज २२ गते बुक क्लोज गरेको थियो।
उक्त सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति तथा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न र रजिष्टर्ड कार्यालय स्थान संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
त्यसैगरी, गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend