रविन्द्र शाक्य,
कार्तिक १, काठमाडौं । १. नेपालको मौलिक एवं सांस्कृतिक धरोहरलाई जीवन्त राख्दै राष्ट्रिय पहिचान र गौरबको रुपमा रहेको हस्तकला उद्योग व्यवसायको संरक्षण तथा प्रवर्द्धन गर्ने मुलभूत उद्देश्यका साथ स्थापना भएको नेपाल हस्तकला महासंघ आफ्नो स्थापनाको गौरवमय ५३ वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा महासंघको स्थापना कार्यमा संलग्न रहनु हुने आदरणीय अग्रजहरु र त्यस पछि महासंघको आज सम्मको व्यवसायिक यात्रामा साथ र सहयोग पुऱ्याउँदै आउने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सहयोगी अन्तर्राष्ट्रिय साझेदार संस्थाहरु, महासंघका सल्लाहकार संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारी तथा पूर्व कार्य समिति सदस्यहरु प्रति हार्दिक आभार प्रकट गर्दै यस क्षेत्रमा कार्यरत सम्पूर्ण सदस्य महानुभावहरु लगायत हस्तकला उद्योग व्यवसायको साथै हस्तकला क्षेत्रलाई माया, सद्भाव र शुभेच्छा प्रदान गर्नु हुने सम्पूर्णमा हार्दिक नमन गर्न चाहन्छु ।
प्रमुख अतिथिज्यू
२. २०२९ सालमा थोरै मात्र उद्योगी व्यवसायी र कलाकारहरु संगठित भई साविक नेपाल हस्तकला उद्योग संघको रुपमा स्थापना भएको हाम्रो यो संगठनलाई देशव्यापी तुल्याउनु पर्दछ भन्ने आदरणीय अग्रजहरु र सदस्य महानुभावहरुको सल्लाह सुझाव र भावना अनुसार २०६३ सालमा साबिक नेपाल हस्तकला उद्योग संघलाई महासंघमा परिणत गरिएको थियो। सोही अनुसार हाल देशका विभिन्न भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्ने २० वटा जिल्ला हस्तकला संघहरु, एक प्रदेश हस्तकला संघ, १४ वटा वस्तुगत संघहरु, फर्म, कम्पनी, उद्योग, हस्तकला क्षेत्रका सहकारी संस्था र गैर सरकारी संस्था, कलाकार, कालिगढ गरि झण्डै चार हजार भन्दा बढि सदस्यहरु महासंघमा संगठित भई सकेको म यस गरिमामय समारोहमा जानकारी गराउन चाहन्छु ।
३. वर्तमान विषम परिस्थिति र राजनैतिक परिवर्तनको सकारात्मक पक्ष र कमी आभाससँगै हालका चुनौतिहरुलाई अवसरमा रुपान्तररित गर्न नेपाल सरकार तथा कमजोरीको विश्लेषण गरि निराशा पछिका आशाका किरणहरुको झिनो उदयको निजी क्षेत्रले आपसमा हातेमालो गर्दै समयको बहावलाई सुक्ष्म रुपमा मूल्यांकन गरि धैर्यता र संयमका साथ सहकार्य गरी अघि बढ्नु पर्ने आवश्यकता रहेको हामी सबैले मनन गर्नु पर्ने अवस्था रहेको छ ।
४. नेपालको कला, संस्कृति र सम्पदाको प्रतीकको रुपमा रहेको हस्तकला उद्योग व्यवसायले रोजगारी सिर्जना, देशको पहिचान र निर्यात व्यापारमा पऱ्याएको योगदान समेतलाई मध्यनजर गरी महासंघले आफनो स्थापना दिवस मंसिर २८ गतेलाई विगत १३ वर्ष देखि हस्तकला दिवसको रुपमा मनाउदै आएको छ । यो दिवसलाई राज्यले पनि अपनत्व लिदै नेपाल सरकार सूचना प्रविधि विभागबाट प्रकाशित गरिने भित्ते पात्रोमा प्रत्येक वर्ष अंकित गरि राष्ट्रिय रुप प्रदान गर्न महासंघबाट नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत गृह मन्त्रालय समक्ष पहल अगाडि बढाएका छौं । यो दिवसले राष्ट्रिय रुप ग्रहण गर्ने कुरामा हामी निकै आशावादी पनि रहेका छौं ।
५. ४४औं वार्षिक साधारण सभाबाट गठित नयाँ कार्य समितिले आफ्नो कार्यकाल भित्र गर्ने कार्यक्रम तथा योजनाहरुको मार्ग चित्र तयार गर्ने सिलसिलामा गरिएको रणनीतिक योजना तर्जुमा गोष्ठीबाट नीतिगत पैरबी, क्षमता अभिवृद्धि कार्य योजना, प्रवर्द्धनात्मक कार्यक्रम, आर्थिक उन्नयन, कला तथा कलाकारिता विकास, कदर तथा सम्मान आदि क्षेत्रमा महासंघका कार्यहरु लक्षित गर्नु पर्ने रणनीति तय गरेका छौं। सोही रणनीतिमा आधारित भई महासंघका कृयाकलापहरुलाई अगाडि बढाई रहेका छौं ।
६. सदस्यहरुका व्यवसायिक समस्याहरु सदस्यहरुकै घरदैलोमा गई गहिराईबाट बुझि संबोधनको लागि पहल गर्ने हेतुले विभिन्न वर्गका सदस्यहरुसंग भेटघाट गरेका छौं । त्यसैगरी हस्तकला क्षेत्रमा बौद्धिक सम्पत्ति (IPR) सम्बन्धी कार्य अघि बढाउन सामूहिक व्यापार चिन्ह लिने तयारी थालेका छौं । हस्तकलाको प्रचार प्रसार र प्रवर्द्धनको लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को साझेदारीमा संचालित दिगो पर्यटन परियोजनासंगको सहकार्यमा Handicrafts Products of Nepal नामक पुस्तक प्रकाशनको तयारीमा छौं । त्यसैगरी लामो समयसम्म स्मरणयोग्य दस्तावेजको रुपमा रहने गरी हस्तकलाको इतिहास प्रकाशन गर्ने जमर्को पनि गरेका छौं ।
हस्तकलालाई इन्टेरियर डिजाइनसंग समायोजन गरि प्रवर्द्धन गर्ने, हस्तकला क्षेत्रका महत्वपूर्ण व्यक्तित्वहरुलाई Living Legends को रुपमा सम्मान गर्ने EKALA जिटल रुपमा बजारिकरण गर्ने र हस्तकला पोर्टललाई पुर्नताजगी गरि हस्तकलाको डिजिटल क्षेत्रमा रहेका विज्ञ एवं अग्रणी निर्यातकर्ताहरुसंग भएको ज्ञान, सीप र दक्षताको अधिकतम उपयोगबाट यस क्षेत्रको दीर्घकालिन विकास गर्ने योजना बनाएका छौं ।
हस्तकला क्षेत्रको प्रवर्द्धन र विकासकार्यक्रम अगाडि बढाएका छौं । हस्तकला विधा ७. महासंघको सांगठनिक संरचनालाई अझ फराकिलो पार्दै देशका ७ वटै प्रदेशमा कृषि पछि देशभर विस्तार गर्न सकिने क्षेत्र भएकोले देश समृद्धिको आधार हस्तकला क्षेत्रको दिगो विकास भन्ने नारालाई हामीले अगाडि सारेका छौं ।
८. हस्तकला उत्पादनमा विशेष गरी स्थानीय श्रोत साधन र कच्चा पदार्थको अधिकतम् प्रयोग भईरहेको छ । आन्तरिक र बाहय अवस्था त्यति अनुकुल नहुँदा नहुँदै पनि यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी लाखौं व्यक्तिलाई रोजगारी दिइरहेको छ । हस्तकला क्षेत्रको दिगो विकासको सन्दर्भमा निकासी वृद्धि हुने प्रवर्द्धनात्मक रणनीतिहरु नेपाल सरकारबाट जारी गर्न र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट घोषित नेपाल व्यापार एकिकृत रणनीति (NTIS) भित्र सबै प्रकारका हस्तकला वस्तुहरुलाई समेटी यी वस्तुको प्रवर्द्धनको लागि प्रभावकारी योजना र कार्यक्रम ल्याई कार्यान्वयन गरिनु पर्ने अवस्था रहेको छ । करिब २५ अरब मूल्यको निकासीसँगै सोही रकमको हाराहारीमा आन्तरिक कारोवार गरि राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान पुऱ्याई रहेको म यस गरिमामय समारोहमा जानकारी गराउन चाहन्छु । यति महत्वपूर्ण क्षेत्र हुँदा हुँदै पनि राज्यबाट हस्तकला क्षेत्र जहिले पनि ओझेलमा परेको र राज्यबाट समुचित संरक्षण र अभिभावकत्व नपाएको हामीले अनुभूति गरेका छौं ।
९. नेपाली हस्तकला वस्तुको आन्तरिक बजार विकास र निर्यात प्रवर्द्धन गर्ने मुलभूत उद्देश्यबाट महासंघद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको हस्तकला व्यापार मेलाले यस क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुऱ्याउदै आई रहेको छ । मेलाको प्रतिफल समाजको तल्लो तह र सीमान्तकृत समुदायसम्म पुगि रहेको अवस्था छ । मेलामा हस्तकला उद्योग व्यवसाय संचालन भई रहेका देशका सातवटै प्रदेश भित्रका हस्तकला उद्यमी व्यवसायीहरुका स्थानीय हस्तकला वस्तुहरुको प्रदर्शन तथा बिक्री गरिदै आएको
राष्ट्रियस्तरको महत्व बोकेको यो मेला संचालनको लागि एक करोड भन्दा बढि हुने भएकोले मेलालाई वार्षिक रुपमा निरन्तरता दिन महासंघको लागि निकै चुनौतीपूर्ण छ। तसर्थ नेपाल सरकारबाट रातो बजेट स्तिकामा नै यो मेलाको लागि वार्षिक बजेट बिनियोजनको आवश्यकता हामीले महशुस गरेका छौ ।
१०. हस्तकला उद्योग व्यवसायको दिगो विकासको लागि आवश्यक पर्ने कार्यनीति, दीर्घकालिन रणनीति सहितको यस महासंघद्वारा तयार गरिएको हस्तकला नीतिको मस्यौदालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वीकृतिको लागि हामीले निरन्तर पहल गर्दा गर्दै पनि हालसम्म पनि स्वीकृत हुन सकि रहेको छैन ।
११) नेपाल सरकारले नेपालको निर्यात व्यापार प्रवर्द्धन गरी आयात र निर्यात बीचमा रहेको असन्तुलनलाई हटाउने मुलभूत उद्देश्यका साथ नेपालबाट निर्यात गर्ने उद्योगहरुलाई प्रदान गर्दै आएको नगद प्रोत्साहन (Cash Incentive) हटाउने नेपाल सरकारको निर्णयले नेपालको निर्यात व्यापार प्रवर्द्धनमा प्रतिकूल प्रभाव पर्ने पैिस महासंघको ठम्याई रहेको छ । यसबाट उद्यमी व्यवसायीहरुको प्रतिस्पर्धी क्षमतामा हास आउनुका साथै नेपालको निर्यात व्यापारमा गम्भिर प्रभाव पर्ने देखिन्छ । हस्तकला जस्तो तुलनात्मक लाभ भएको निर्यातमूलक उद्योग व्यवसायमा यसबाट झनै दुरगामी प्रभाव पर्दछ । यही वास्तविकतालाई अत्यन्त गम्भिरतापूर्वक समीक्षा गरी नेपाल सरकारबाट यस सम्बन्धी निर्णय फिर्ता लिन नेपाल हस्तकला महासंघ जोडदार माग गर्दछ ।

प्रमुख अतिथिज्यू
अब म हस्तकला उद्योग व्यवसायको समुचित विकास र प्रवर्द्धनको लागि निम्न कार्य अगाडि बढाई दिन नेपाल सरकारका सम्बन्धित निकायहरुसंग समन्वय पैरवी आवश्यक रहेको निवेदन गर्न चाहन्छु ।
आयात र निर्यातको दुरी फराकिलो भई निकै असन्तुलित व्यापारिक अवस्था रहेको हामी सबैलाई थाहा भएकै विषय हो। तसर्थ नेपाल सरकारले देशको निकासी व्यापार वृद्धि गर्न, संवेदनशील भई उद्योगी व्यवसायीहरुसंगको निरन्तर सम्पर्क र समन्वयमा थप काम गर्नुपर्ने अनुभूति हामीले गरेका छौं। उद्योग व्यवसाय विकासमा सहजिकरण
र निर्यात व्यापार प्रवर्द्धनमा केन्द्रित रही निकासीकर्ता व्यवसायीहरुको समस्याहरुलाई संवोधन गरि दिने निकायको अभाव हामीले निरन्तर महशुस गरि रहेका छौ ।
हस्तकला लगाएत विभिन्न बस्तु निर्यात हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय लगायत मालसामान आयात निर्यात हने अन्य भन्सार कार्यालयहरुलाई आवश्यक पूर्वाधार सहित निकासी मैत्री बनाउन विशेष कार्य योजनाको आवश्यकता देखिएको छ ।
. अन्तराष्ट्रिय व्यापारमा संलग्न सरोकारवाला बीच समन्वय गरि व्यापार प्रक्रिया अनलाईनमार्फत एउटै portal बाट संचालन गरी व्यापार तथा भन्सार प्रक्रियाहरुको सरलीकरण गर्न भन्सार विभागको संयोजनमा विकास गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा अपेक्षित रुपमा कम निर्यातकर्ता आवद्ध भएकोले उक्त प्रणालीमा निकासीकर्ता व्यवसायीहरुलाई आकर्षित गर्ने कार्य योजना बनाउनु पर्ने अवस्था रहको भन्सार विभाग समक्ष अनुरोध गर्दछौं । तर हाल आएर उक्त मूल्याङ्कन नियमन निकायद्धारा प्रकृयागत रुपमा नियमन नगरेको पाइएकोले निकासी तथ्याङ्कलाई यसले असर गरी रहेको प्रति भन्सार विभाग सहित सबै सरोकारवालाको ध्यानाकर्षण गर्दछु ।
अन लाईन व्यापार वृद्धिका लागि National payment gateway मार्फत हस्तकला निकासी ब्यापार अन लाईन प्रणालीबाट गर्न सरल कार्यविधिको व्यवस्था हुनु पर्दछ । साथै अनलाईन प्रबिधि मार्फत नेपाल सरकारका निकायहरुबाट पनि कारोवार गर्ने व्यवस्था हुनु पर्दछ भन्ने हाम्रो माग रहेको छ। साथै अनलाईन कारोबारबाट बिदेशी मुद्रा प्राप्त हुँदा यदि आयातकर्ताले कुनै कारणबस सामान फिर्ता गरेको अवस्थामा सो फिर्ता पठाएको सामानको मूल्य बराबरको बिदेशी मुद्रानै फिर्ता पठाउन सक्ने व्यवस्था पनि हुनु पर्दछ भन्ने निर्यातकर्ता व्यवसायीहरुको माग रहेको म प्रमुख अतिथिज्यूलाई निवेदन गर्दछु ।
नेपालबाट हस्तकला जन्य सामग्री निर्यात गर्दा विजक मूल्याङ्कन सिफारिस गरि पठाउने व्यवस्था रहेको र नेपाल सरकारले उक्त जिम्मेवारी नेपाल हस्तकला महासंघलाई प्रत्यायोजन गरे बमोजिम नेपाल हस्तकला महासंघले यो जिम्मेवारी कुशलतापूर्वक पुरा गरिरहेको छ । यस कार्यबाट सही निकासी तथ्याङ्क संकलन हुने, निर्यातित वस्तुको बिमा दाबी गर्नु पर्ने अवस्थामा सहज हुने र समान प्रकृतिका वस्तुको मूल्यमा एकरुपता हुने हुदा विश्वसनियता पनि बढने गर्दछ । तर हाल भन्सार बिन्दहरुमा उक्त विजक मुल्याइन सम्बन्धि कागजातहरू अनिवार्य रुपमा मार्फत अपेक्षा गरेका छौं।
हालै लागू गरिएको विद्युतीय कारोबार ऐनमा व्यवसाय दर्ता भएमा फर्म कम्पनीहरुले अनलाइन व्यवसाय दर्ता गरी अनलाइन कारोबार गर्न सकिने तर गर्न अनलाइन पोर्टल प्रयोग गर्न नसकिने देखिएकोले नेपाल हस्तकला महासंघ जस्ता गैर नाफामूलक प्रकतिको संस्थाले वस्तु प्रवर्द्धन सो ऐनमा संशोधन गरि महासंघ जस्ता गैर नाफामूलक संस्थाले पनि अनलाइन प्रवर्द्धन गर्न सक्ने व्यवस्था गर्नु पर्ने सरकार सँग हाम्रो मांग रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकला वस्तुको पहिचान स्थापित गराई बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारको उपयोग गर्न हस्तकला वस्तुमा सामुहिक व्यापार चिन्ह Collective Trade Mark अवलम्बन गर्न नेपाल सरकारले सम्बन्धित क्षेत्रका व्यबसायीलाई जागरण गराउनुका साथै यसको अन्तर्राष्ट्रिय प्रचार प्रसार कार्यमा नेपाल सरकारबाट आवश्यक सहयोग पुऱ्याई दिन अनुरोध गर्दछु ।
हस्तकला उद्योग व्यवसायमा अनौपचारिक रुपमा उद्योग ब्यवसाय संचालन गर्नेहरुको संख्या पनि ठुलै भएकाले महिला उद्यमीहरु बाहेक अरु उद्यमी व्यवसायीहरुबाट यसको लाभ लिन सकेको अवस्था छैन। नेपाल सरकारबाट साना र मझौला उत्पादनमूलक उद्योग व्यवसायलाई ५ प्रतिशत सम्मको सहुलियतकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था पुनः सुरु गरिदिनु पर्ने प्रति सम्पुर्ण निजि क्षेत्रको तर्फबाट नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गर्न नितान्त जरुरी भैसकेको छ । निर्यातजन्य वस्तु उत्पादनको लागि आवश्यक धेरै तौल भएका काष्ठकला, प्रस्तरकला, धातुकला वस्तुहरु सम्बन्धित निकासीकर्ताको उद्योगमा नै पुरातत्व जाँचपासको व्यवस्था मिलाई जाँचपास कार्यमा सहजिकरण गरिदिनुपर्ने, एउटै बस्तु धेरै संख्यामा भएमा पुरातत्व जाँचपासको आवश्यकता नहुने र पुरातत्व जाँचपास गर्ने इकाईहरु काठमाडौंमा त्रिभुवन विमानस्थल क्षेत्र भित्र र हस्तकला उद्योग व्यवसायको बाहुल्यता भएका उपयुक्त स्थानहरुमा समेत थप शाखा राखि जाँचपास कार्यलाई सरलिकृत गर्ने कार्यमा आवश्यक पहल गरि दिन पुरातत्व विभाग समक्ष आग्रह गर्दछु ।
मित्र राष्ट्र जनवादी गणतन्त्र चीनमा निकासी व्यापार गर्दा बैकिङ्ग प्रणाली र प्रचलित Wechat जस्ता मोबाईल एप्सहरु मार्फत विदेशी विनिमय भुक्तानी प्रणालीलाई संवोधन गरि हाल चीनसंग भई रहेको अनौपचारिक कारोवारलाई निरुत्साहित गरि चीनसंगको व्यापार घाटा न्यूनिकरण गरिन पर्दछ भन्ने हाम्रो भनाई रहेको छ । साथै अन्तराष्ट्रिय व्यापार मेलाको दौरानमा कमसेकम पनि व्यवसायीहरुले स्वघोषणा गरे बापतको व्यवसायिक अनुपात अन्सारको विदेशी मुद्रा आफ संगै ल्याउन पाउने व्यवस्था हुन् पर्दछ भन्ने हाम्रो माग सरकार समक्ष रहेको यहाहरु समक्ष अवगत गर्दछु ।
नेपाल हस्तकला महासंघ र हस्तकला वस्तुहरुको बारेमा जानकारी गराई बजार प्रवर्द्धनमा सहयोगी भूमिका खेल्न काठमाडौँ स्थित विभिन्न मुलुकका राजदुतावासहरुका सम्बन्धित अधिकारीहरुसंग भेटवार्ताको संयोजन गरी कुटनीतिक नियोगका पदाधिकारीहरुलाई आमन्त्रण गरी नेपालको राजदुतावास भएका विभिन्न देशहरुको संभाव्य भएका स्थानहरुमा Single Country Show, B2B मेला आयोजना गर्न Embassy को सहयोग जुटाएर प्रवर्द्धन गर्न जरुरी भएकोले हामीले छुटै समिति गठन गरी कार्य अगाडि बढाएका छौं । नेपालको हस्तकला क्षेत्रको दिगो दीर्घकालिन विकासको लागि मूर्त तथा अमूर्त सम्पदाहरुको अध्ययन, अवलोकन तथा अनुसन्धान, सीप हस्तान्तरण तथा पुस्तान्तरण सम्बन्धी अध्ययन गरि उद्यमी व्यवसायीहरुलाई अद्यावधिक जानकारी संप्रेषण गर्न अनुसन्धान तथा विकास समिति गठन गरिएको यहाहरु समक्ष जानकारी दिन चाहन्छु । साथै हस्तकला क्षेत्रमा क्रियाशील कलाकारहरुको सम्मान परिचय पत्र प्रदान गरिने महासंघले घोषणा गरीसकेको यस गरिमामय सभामा जानकारी गराउन चाहन्छु ।
वर्तमान समयमा युवावर्ग माझ Global Fashion Trend को मर्मलाई समायोज़न गरी सोको अवधारणा अनुरुप हाम्रो मौलिकता सहित Product base Fashion Show आयोजना गरी हस्तकला क्षेत्रमा महिला तथा युवावर्गहरुलाई आकर्षित गर्न नितान्त जरुरी भएकोले हामीले यसका लागि योजना वद्ध कार्यक्रम तय गर्ने जर्मको गरेका छौं ।
हस्तकला क्षेत्रको विकासका लागि महासंघको मेरुदण्डका रुपमा रहेका जिल्ला, वस्तुगत संघ, निकासीकर्ता, उद्यमी तथा कलाकारहरुको व्यवसायिक प्रवर्द्धन, प्रचार प्रसार गर्न विशेष हस्तकला स्तम्भको रुपमा राष्ट्रिय दैनिक, सञ्चार माध्यम र सामाजिक संजाल मार्फत प्रकाशन र प्रसारणको थालनी गरिसकेका छौं ।
सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारबाट जारी भएको निर्देशिका अनुसार नेपाल सरकारको सबै सरकारी कार्यालयहरुमा नेपाली हस्तकला वस्तुहरुको प्रयोगलाई अधिकतम रुपमा प्रोत्साहित गर्न पर्दछ र सार्वजनिक खरिद ऐनको कार्यान्वयन पक्षका बारेमा खरिद कार्यमा संलग्न कर्मचारीहरुलाई समय समयमा आवश्यक अभिमुखिकरण गरि स्वदेशी वस्तुको अनिवार्य प्रयोग गर्ने निर्देशिकाको व्यबहारिक कार्यान्वयनको लागि र नेपाली हस्तकला वस्तु नेपाल सरकारलाई आपूर्ति गर्न सहज वातावरण तयार गर्नु पर्ने सम्पूर्ण निजी क्षेत्रको सामुहिक माँग हुनु पर्दछ ।
अब अन्तमा यो कार्य समितिलाई महासंघका अग्रजहरुबाट प्राप्त प्रेरणा र मार्ग निर्देशन प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । त्यसै गरी महासंघको विकास क्रममा निरन्तर साथ र सहयोग पुर्याउँदै आउने संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार, निजी क्षेत्रका छाता संगठनहरु, सहयोगी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी साझेदार संस्थाहरु, उद्योग वाणिज्य क्षेत्रका संघ संस्था, जिल्ला तथा प्रदेश हस्तकला संघहरु, वस्तुगत संघहरु, प्रेस जगत र सम्पूर्ण आदरणीय सदस्य महानुभावहरु प्रति कार्य समितिको तर्फबाट हार्दिक कृतज्ञता सहित आभार प्रकट गर्दछु । साथै हालै नेपाल सरकारबाट निकासीमा विशेष योगदान पुऱ्याए बापत नेपाल हस्तकला महासंघलाई मानार्थ महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) बाट विभूषित गर्न सहयोग पुर्याउनु भएकोमा सम्पूर्ण हस्तकलाकर्मीहरुलाई हार्दिक बधाई टक्याउन चाहन्छु भन्दै उक्त सम्मान यहाँहरु सम्पूर्ण हस्तकलाकर्मी आदरणीय सदस्य महानुभावहरुमा समर्पित गर्न चाहन्छु।
साथै पुनः एकपटक प्रमुख अतिथिज्यूको समुपस्थितिबाट यो कार्यक्रमको गरिमा बढ्न गएको हुँदा उहाँको साथै विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, आदरणीय सदस्य महानुभावहरु र यहाँ उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्दमा हार्दिक न्यानो स्वागत अभिवादन सहित हामी बीच आउन लागेको शुभ दिपावली, नेपाल संवत ११४६ तथा छठ पर्व २०८२ को यहाँहरु सम्पूर्णमा शुभकामना प्रकट गर्दै मेरो स्वागत मन्तव्य यही अन्त गर्दछु । धन्यवाद ! नेपाल हस्तकला महासंघ ४५ औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा अध्यक्ष श्री रविन्द्र शाक्यले दिनु भएको मन्तव्यलाई साभार गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend