गुल्मी १६, कार्तिक । नेपालका नेता, मन्त्री सुख भोगी र पदलिप्त भए भन्ने आरोप आम मानिसबाट लाग्ने गर्छ । पछिल्लो समय यसै नेता मन्त्रीको सेवा सुविधा माथि नै आलोचना र बहस हुने गरेको सुन्न पाईन्छ ।
यसै बिच केही नेता मन्त्रीले भने त्यसको आरोप चिर्दै आफनो कामलाई परिणामको रुपमा अगाडी ल्याउन खोजेको देख्न सकिन्छ । गरे के हुन्न राम्रो कामको सुरुवात आफैबाट गरौ भन्ने उदाहरण प्रस्तुत व्यवहारमा देखाएका छन् बर्तमान सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट ।

गृह जिल्ला गुल्मी भ्रमणमा निस्किएका मन्त्री विष्टले आफूले खाना खाएको थाल आफै माझ्ेका छन् । जिल्लाको समग्र विकास निर्माणको स्थलगत अवलोकन, छलफलमा निस्किएका मन्त्री बिष्टले रेसुंगा मन्दिरमा आफूले खाना खाएको आफनो थाल आफै माझ्ेका हुन् ।
शुक्रवारदेखि छलफलमा निस्किएका विष्ट स्थानीय पूर्वाधार विकास, जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधीहरुसंग अन्तरक्रिया र अगुवा कार्यकर्तासंग भेटघाटमा व्यस्त छन् । मन्त्री विष्टको गृह जिल्ला भ्रमण पछिल्लो समय बाक्लिदै गएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend