सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको वार्षिक साधारणसभा मङ्सिर १३ गते हुने

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको वार्षिक साधारणसभा मङ्सिर १३ गते हुने

 

२५ असोज, काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले आफ्नो ३०औं वार्षिक साधारणसभा मङ्सिर १३ गते गर्ने निर्णय गरेको छ। यसअघि साधारणसभा असोज २५ गते हुने तय गरिएको थियो, तर विभिन्न कारणले सो मिति परिवर्तन गरी नयाँ मिति तोकिएको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष ठूलोबावु श्रेष्ठको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको सूचनामा विशेष बैठक बसेर मङ्सिर १३ गते साधारणसभा गर्ने निर्णय भएको उल्लेख गरिएको छ। अध्यक्ष श्रेष्ठले साधारणसभा स्थगित गर्नुपरेको परिस्थितिलाई बुझ्दै साथ र सहयोग गर्ने सबै सदस्यप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

उनले भनेका छन्, “३०औं वार्षिक साधारणसभाको मिति परिमार्जन गरी मङ्सिर १३ गते गर्ने निर्णय गरिएको छ। यसमा सबै सदस्य र सरोकारवालाहरूको निरन्तर साथ र समझदारीका लागि धन्यवाद।”

वार्षिक साधारणसभामा आगामी वर्षका नीति–कार्यक्रम, आर्थिक प्रतिवेदन, नयाँ कार्यसमिति चयन र व्यवसायिक चुनौतीहरूबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल देशभरका ग्रील, फेन्सिङ, स्टील संरचना र मेटल वर्कसम्बन्धी व्यवसायीहरूको केन्द्रीय छाता संस्था हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend