सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इजरायल र हमासबीच युद्धविराम सहमति

इजरायल र हमासबीच युद्धविराम सहमति

फाइल तस्विर

 

२३ असोज,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र हमासबीच ‘गाजा शान्ति योजना’ अन्तर्गत युद्धविराम सम्झौता भएको छ। बीबीसीका अनुसार, उक्त सम्झौतामा बिहीबार इजिप्टमा औपचारिक हस्ताक्षर हुनेछ।

सम्झौताको पहिलो चरणमा युद्ध रोक्ने र कैदीबन्दीहरूलाई मुक्त गर्ने सहमति भएको छ। प्रारम्भिक चरणमै २० जना इजरायली बन्दीहरू रिहा गरिनेछन् भने गाजामा मानवीय सहायता पुगोस् भनेर पाँच नाका खोलिने व्यवस्था गरिएको छ।

अमेरिका, इजिप्ट, कतार र टर्कीले सम्झौताका ग्यारेन्टरका रूपमा भूमिका निर्वाह गर्नेछन्। सम्झौता अनुसार हमासले यस साता सबै बन्दीहरू फिर्ता गर्ने र इजरायलले गाजाका अधिकांश क्षेत्रमा रहेका सैनिक फिर्ता बोलाउने तयारी गरेको एपीले जनाएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतालाई “इजरायलका लागि ऐतिहासिक र नैतिक विजय” भन्दै राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। यस सम्झौताबाट युद्ध अन्त्य र स्थायी शान्तितर्फ ठोस कदम चालिएको मानिएको छ।

२०७९ मा हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको र एक जना, विपिन जोशी, हालसम्म बन्दी अवस्थामै रहेको पुष्टि भएको थियो। यस युद्धविरामपछि उनको रिहाइको सम्भावना पनि बढेको बताइएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend