२० असोज, चितवन । बालकुमारी कलेज, चितवन नारायणगढका क्याम्पस प्रमुख जगदिश्वर खनालको असामयिक निधन भएको खबरले शैक्षिक क्षेत्रमा ठूलो क्षति पुगेको मानिएको छ। उहाँको निधनले शिक्षक, विद्यार्थी तथा सहकर्मीहरू स्तब्ध बनेका छन्।
खनाल शिक्षाक्षेत्रमा लामो समयदेखि संलग्न रहनु भएको थियो। नेतृत्वदायी भूमिकामा रहेर उहाँले कलेजको शैक्षिक उन्नति, विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउन तथा शैक्षिक सुधारमा महत्वपूर्ण योगदान दिनुभएको सहकर्मीहरूले स्मरण गरेका छन्।
उहाँको असामयिक निधनप्रति प्याब्सनका उपाध्यक्ष रबिन्स शर्माले गहिरो दुःख व्यक्त गर्दै फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। शर्माले लेख्नु भएको छ, “बालकुमारी कलेजका क्याम्पस प्रमुख मेरा मित्र श्री जगदिश्वर खनालको असामयिक निधनको खबरले अत्यन्त दुखित भएको छु। उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।”
शिक्षा क्षेत्रका अगुवा व्यक्तित्व गुमाउनु ठूलो क्षति भएको भन्दै विभिन्न शैक्षिक संघ–संस्थाका प्रतिनिधिहरूले पनि शोक प्रकट गरेका छन्। खनालको योगदानलाई सधैं सम्झन योग्य रहेको भन्दै उहाँलाई श्रद्धाञ्जली व्यक्त गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend