सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल–बंगलादेश बिच सुरुङमार्ग जोडने मन्त्री यादवको आश्वासन

नेपाल–बंगलादेश बिच सुरुङमार्ग जोडने मन्त्री यादवको आश्वासन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाल देखि बंगलादेश सम्म सुरुङमार्ग बनाएर अगाडी बढने बताएका छन् । दक्षिण एसियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनले बंगलादेश बीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएको समेत जानकारी दिए । नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाइ भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भैसकेको बताए। नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रहिआएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले दक्षिण एशियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गरे। मन्त्री यादवले साना तथा मझौला व्यवसायीलाई उत्पादन बढाउन आग्रह गरे । कार्यक्रममा दक्षिण एसियाली मुलुकका १ सय ५० जना साना तथा मझौला व्यवसायीको सहभागिता छ। मञ्चले दक्षिण एसियामा व्यापार सहजीकरण तथा विस्तार, पारवहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ। एकदिने सम्मेलनमा नेपाल, भारत, बंगलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend