६ असोज, काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका महासचिव महेश कुँवरले घटस्थापनाको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
दुर्गा पूजा–अर्चना आरम्भ हुने यस पवित्र पर्वले सबै नेपालीमा एकता, श्रद्धा, उत्साह र सद्भावना बढाउने विश्वास व्यक्त गर्दै उनले परिवार तथा समाजमा शान्ति, समृद्धि र नयाँ ऊर्जा ल्याउन शुभकामना दिएका छन् ।
“हामी सबैले आफ्नो संस्कृति, परम्परा र धर्मप्रतिको आस्था जोगाउँदै आपसी भाइचारा र सहिष्णुतामा आधारित सभ्य समाज निर्माणतर्फ अघि बढ्न सकौँ,” उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । कुँवरले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई घटस्थापनाको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend