काठमाडौं १४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगेका छन् । प्रचण्ड केही समय अगाडि मात्रै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे आमजनताको चासो बढीरहेको बेला नेता कार्यकर्ता ग्राण्डी अस्पतालको आसपासमा छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भएका थिए ।
ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको जनाइएको छ । बिहीबार आज पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस हुँदै गरेको बताईएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend