सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रहरीको गोली लागेर ज्यान गएपछि कपिलवस्तुमा तनाब, बजार क्षेत्रमा कर्फ्यू

प्रहरीको गोली लागेर ज्यान गएपछि कपिलवस्तुमा तनाब, बजार क्षेत्रमा कर्फ्यू

कपिलवस्तु १४, कात्तिक । किपलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको समाचार प्राप्त छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको हो । लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको छ ।

बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
कार्यालयले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर(पश्चिमतर्फ सात सय मिटर र पूर्वतर्फ तीन सय मिटरको क्षेत्रमा कर्फ्यू जारी गरेको छ । कर्फ्यूको अवज्ञा गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend