काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी ( ने.क.पा) नेता एवम पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालका मौलिक कला सस्कृती जोगाउन जरुरी रहेको बताएका छन् । नेता रायमाझीले अर्घाखाँची मौलिक कला सस्कृती संरक्षण केन्द्र द्धारा आयोजित देउसी भैलो कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन ।
नेता रायमाझीले अर्घाखाँची बाट काठमाडौंमा आई बिभिन्न पेसा व्यवसाय संगै आफनो कला संस्कृती जोगाउन काठमाडौमा देउसी भैलो आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत व्यक्त गरे । नेपालको पहिचान भनेको नै कला सस्कृती भएको भन्दै यसलाई जोगाउन आम नागरिकको उतिकै जिम्मेवारी भएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend