सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई

 

२८ भदौं, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गठन भएको नयाँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले कार्कीलाई पदभार ग्रहणको अवसरमा शुभकामना दिएका हुन्। उनले भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।”

मोदीको अभिव्यक्ति नेपालमा हालसालै भएको राजनीतिक परिवर्तनलाई भारतले सकारात्मक रूपमा लिएको संकेतका रूपमा हेरिएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेर अन्तरिम सरकारको नेतृत्व सम्हालेकी हुन्। प्रतिनिधिसभा विघटनपछि तोकिएको नयाँ निर्वाचन आगामी फागुन २१ गते हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend