सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीकोे गोप्यरुपमा ‘डायलाइसिस’ अस्पताल भन्छ अवस्था सामान्य ?

प्रधानमन्त्रीकोे गोप्यरुपमा ‘डायलाइसिस’ अस्पताल भन्छ अवस्था सामान्य ?

काठमाडौं १४, कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धापासीस्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरि उपचार जारी गरिएकोे छ । उनको उपचारमा संलग्न चिकित्सकहरुले सामान्य उपचार भइरहेको बताईरहदा गुपचुप रुपमा ‘डायलाइसिस’ गरिए संगै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था वारमो धेरैको चासो बढेको छ ।

प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख गरिएको थियो । तर, उनको गोप्यरुपमा डायलाइसिस गरिएको छ ।

उनको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचारपछि निको भएका उनी त्यसपछि नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल लगिएको बताए । तर ग्रान्डीकै केही चिकित्सकले यसलाई नियमित फलोअप भन्न नसकिने टिप्पणी गरे ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थिति, उपचार आदिबारे अन्य चिकित्सक, पदाधिकारीलाई समेत सूचना दिइएको छैन । निजी चिकित्सक शाह र अर्का चिकित्सक दिलीप शर्मालाई मात्र रिपोर्ट हेर्न दिइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend