सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विष्णु ओलिको मुक्तक संग्रह विमोचन

विष्णु ओलिको मुक्तक संग्रह विमोचन

 

२२ भदौ, काठमाडौं । वरिष्ठ कवि तथा साहित्यकार विष्णु ओलिद्वारा लिखित तथा प्राडा कृष्णप्रसाद दाहालद्वारा संपादित मुक्तकहरूको संग्रह ूविष्णु ओलिका मुक्तकू नामक पुस्तक राम प्रसाद ओलि स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम २०८२ भदौ २१ गते सनिवार एक भव्य समारोह विच पुतलीसडक स्थित होटल ग्रिनलिफमा प्राडा तुल्सि भट्टराईको प्रमुख आतिथ्यमा,सभापति देवी ओलि रहेको कार्यक्रममा किर्ति लोकार्पन तथा स्रष्टा संमान कार्यक्रम समापन भएको छ।लोकार्पन कार्यक्रम संयुक्तरूपमा प्राडा तुल्सि भट्टराई ,डाक्टर सुरेन्द्र केसी ,डाक्टर विष्णु विभु घिमिरे प्राडा गोविन्द भट्टराई लगायतले गर्नु भएको थियो संमानित हुनेहरू प्राडा विष्णु विभु घिमिरे र प्राडा तुल्सि भट्टराईलाई नगद कदरपत्रसहित दोसल्ला ओढाएर संमान गरिएको थियोे । पुस्तक बारेमा टिप्पणी र शुभकामना डाक्टर सुरेन्द्र केसी ,डाक्टर इन्दुल केसी प्राडा कृष्णप्रसाद दाहाल ,पुर्व अर्थ सचिव शान्ताराम सुवेदी ,पुर्व रक्षा सचिव रेशम राज पाण्डे लगायत धेरै विज्ञहरूले गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend